डेढ सयबढी बाढीपहिरो पीडितलाई राहात सामाग्री वितरण
बाजुरा । बडिमालिका नगरपालिका ४ रिलाका बाढी पहिरो प्रभावित परिवारलाई राहत वितरण गरिएको छ।गएको भदौ १ गते गएको बर्खा अविरल वर्षात कारण बाढी पहिरोबाट प्रभावित रिलाका १ सय ७२ परिवारलाई सहयोगार्थ राहत सामाग्री सहयोग गरिएको छ।‘मानवीय सेवामा अनेकौं प्रयास’ नामक संस्थाले दैनिक उपभोग्य समानदेखि कपडा वितरण गरेको हो। सहयोग स्वरुपप्रति परिवारलाई २५ केजीको १ बोरा चामल र १ सय ७२ वटा बलाङ्केट सहयोग गरिएको बडिमालिका नगरपालिका ४ का वडा अध्यक्ष सुरेन्द्र नाथले बताए।
सहयोग पहिरोबाट प्रभावित पाउनु ओली, कलक बहादुर सिंह, जग बहादुर सिंह, गोरख बहादुर सिंह बृख बहादुर सिंह, कल बहादुर सिंहलगायत १ सय ७२ परिवारलाई २५ केजीको १/१ बोरा चामल र १/१ वटा बलङ्केट सहयोग गरिएको सस्थाका अध्यक्ष भक्तराज जोशीले बताए। वडा अध्यक्ष सुरेन्द्र नाथको अध्यक्षतामा सञ्चालन भएको राहात साम्रगी हस्तान्तरण कार्यक्रमको प्रमुख अतिथिमा नगर उपप्रमुख कविता विष्ट रहेकी थिइन्। कार्यक्रममा बोल्दै संस्थाका अध्यक्ष भक्तराज जोशीले हामीले स्थानीय सरकारको सिफारिसका आधारमा राहात साम्रगी सहयोग गरेको र कुनै प्रचारबाजी गर्न नआएको जानकारी दिए।
December 2, 2018 11:10 am | समाचार
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
कुवेतमा दूतावासको मातहत ‘र्यापिड रेस्पोन्स टास्कफोर्स’ गठन:
खाेटाङमा शव लिएर गएको हेलिकप्टर दुर्घटना
रास्वपाका सांसदहरूको अभिमुखीकरण आज सकिँदै
रास्वपाले आफ्ना सांसदहरुका लागि अभिमुखीकरण कार्यक्रम गर्दै
नवयुवा आन्दोलनको मुख्य कारण धनी–गरिबबीचको आम्दानीको अन्तर : अर्थ मन्त्रालय
एमालेले समानुपातिकतर्फका १६ जना उम्मेदवारको नाम टुङ्ग्यायो
मध्यपूर्वको द्वन्द्व बढ्दै गए नेपाली चुलोचौकामा नकारात्मक प्रभाव पर्न सक्ने’
बिहे भोजमा गएका दुई बालिकाको शव फेला, सँगै गएकी किशोरी बेपत्ता