क्रिश्चियन परम्परा अनुसार निक र प्रियंकाको विवाह सकियो
अभिनेत्री प्रियंका चोपडा र निक जोनसले विवाह गरिसकेका छन् । प्रियंका र निकले डिसेक्बर १ शनिबारका दिन जोधपुरको उम्मेद भवन प्यालेसमा क्रिश्चियन रितिरिवाजमा विवाह गरेका हुन् । विवाह पश्चात उम्मेद भवन प्यालेसमा आतिसबाजी गरिएको थियो भने राति भव्य पार्टीको आयोजना पनि गरिएको थियो । डिसेम्बर १ मा सम्पन्न विवाहमा प्रियंका र निकले डिजाइनर राल्फ लोरेनले डिजाइन गरेको पहिरन लगाएका थिए । क्रिश्चियन विवाहपछि डिसेम्बर २ मा यो जोडीले हिन्दु परम्परा अनुसार विवाह गर्नेछन् ।

विवाहमा नजिकका साथीभाइ र आफन्तहरुलाई मात्रै बोलाइएको छ । विवाहका तस्बिर लिक नहुन् भन्नका लागि विवाहस्थलमा मोबाइल फोन प्रतिबन्ध गरिएको छ ।
प्रियंका र निकले सार्वजनिक गरे मेहन्दीका तस्बिर : क्रिश्चियन परम्परा अनुसार विवाह सम्पन्न भए पश्चात प्रियंका चोपडा र निक जोनसले विवाहका क्रममा मेहन्दी लगाएका केही तस्बिरहरु सामाजिक संजालमार्फत सार्वजनिक गरेका छन् ।
विवाह स्थलमै भयो झडप : प्रियंका र निकको विवाहमा गएका मिडियाकर्मी र बाउन्सरबीच झडप भएको छ । प्रियंका र निकको बिवाह गएका पत्रकारहरुको क्यामेरामा बाउन्सरले नोक्सान पुर्याउन खोजेपछि झडप भएको हो । त्यसपछि जोधपुरबाट प्रहरी विवाद शान्त बनाउन विवाहस्थलमा पुगेको थियो ।

प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
रवि लामिछाने आज थुनामुक्त हुने
एमालेको मतगणना चल्दै : ओलीको दोब्बरभन्दा बढीको अग्रता, महासचिवमा कडा प्रतिस्पर्धा
राष्ट्रियसभा चुनावको मतदानस्थल तथा केन्द्र निर्धारण
कुवेतस्थित किरात राई यायोक्खाले आफ्नो चौथो अधिवेशन १३ फेब्रुअरी २०२६ मा खैतानस्थित राजधानी होटलको सभाहलमा आयोजना गर्ने निर्णय गरेको छ।
कुवेतमा गोरखा समाजको गठन आगामी ६ फेब्रुअरीमा प्रथम अधिवेशन हुदै ।
इन्डोनेशियामा बाढीका कारण ज्यान गुमाउनेको सङ्ख्या १ हजार नाघ्यो
कुवेतबाट राजु कार्की समानुपातिक सांसदका लागि सिफारिस :
दाङको फोहर व्यवस्थापन केन्द्रमा आगलागी