Friday 20th March 2026

सरकार विरोधी प्रदर्शन चर्किएपछि संकटकाल घोषणाको तयारीमा राष्ट्रपति माक्रोँ

7 years अगाडी

एजेन्सी, १७ मंसिर । फ्रान्समा एकाएक हिंसात्मक घटना बढेपछि राष्ट्रपति एमानुएल माक्रोँले एउटा आपत्‌कालीन सुरक्षा बैठक बोलाएका छन् । मिडिया रिपोर्टका अनुसार उनी संकटकाल लगाउने तयारीमा छन् ।एकजना सरकारी प्रवक्ताले देशमा उत्पन्न परिस्थितिसँग जुझ्न संकटकालको लागू गर्न सकिनेदेखि सबैखाले विकल्पहरू खुला रहेको बताएका छन्।

मिडिया रिपोर्टका अनुसार फ्रान्समा सुरुवातमा इन्धन करमा गरिएको वृद्धिविरुद्ध प्रदर्शनहरू शुरू भएका थिए तर आन्दोलनले चर्को रुप लिँदै गएपछि महँगिदै गएको जीवनशैलीप्रति आक्रोशहरू व्यक्त गरिएका छन्।प्रहरीका अनुसार चारसय भन्दा धेरै प्रदर्शनकारीहरू पक्राउ परिसकेका छन्।

शनिवार राजधानी प्यारिसमा शान्तिपूर्ण रूपमा केही प्रदर्शनकारीहरूले प्रदर्शन गरेको भएको तर अन्य प्रदर्शनकारीहरूले राष्ट्रिय स्मारक आर्क डी ट्रीओम्फ क्षेत्रमा प्रदर्शन गर्नुका साथै प्रहरीसँग झडपमा उत्रेका थिए।२३ जना सुरक्षाकर्मीहरूसहित एक सयभन्दा धेरै मानिसहरू घाइते भएको बताइएको छ।प्रदर्शनका क्रममा थप एकजनाको ज्यान गएको प्रहरीले बताएको छ। फ्रान्समा तीन हप्ताअघि विरोधप्रदर्शनहरू सुरु भएयता अहिलेसम्म तीनजनाको ज्यान गइसकेको छ।

          December 3, 2018 9:21 am | समाचार


प्रतिकृयाहरू :

समाचारहरु:

भर्खरै प्रकाशित


Loading...