

असार १३ बाट मंगल ग्रहले राशी परिवर्तन गर्दै, कुन कुन राशीलाई हुन्छ हानी र फाइदा ?

शौर्य, साहस, बल, पराक्रमको प्रतिनिधि ग्रह मंगल यही असार १३ गतेबाट आफ्नो उच्च मकरमा राशी परिवर्तन गर्दैछ । लगभग तीन महिनापछि मंगल ग्रहले राशी परिवर्तन गर्न लागेको ज्योतिषीहरु बताउँछन् ।मंगलको राशी परिवर्तनले मानिसहरुलाई उनीहरुको राशीअनुसार फाइदा र हानी हुन्छ । यदि कोहि व्यक्ति मंगलको महादशा, अंतर्दशाबाट पीडित छन् भने उनीहरुलाई कष्ट हुने ज्योतिषीहरुले जानकारी दिएका छन् ।
अहिले मकर राशीमा शनि ग्रह पनि रहको हुँदा जुन २७बाट मंगल ग्रह र शनि ग्रह सँगै एउटी राशिमा हुनेछन्। शनि ग्रह र मंगल ग्रहसँगै एउटी राशिमा हुनुलाई धेरै अशुभको रुपमा लिईने गरिन्छ। मंगल ग्रहको रशी परिवर्तन ज्येष्ठ शुक्ल चतुर्दशी बुधवार जून २७को दिन हुनेछ। यस क्रममा राशि अनुसार मिल्ने फल निम्न अनुसार रहेको छ।
मेष राशि : मंगल मेष राशीको दशम स्थानमा रहने भएकाले यस राशी भएकाहरुलाई दुई तरिकाको असर हुनेछ। लाभ मिलेमा अत्याधिक मिल्ने हुन्छ भने नोक्सान भएमा पनि धेरै नै नोक्सान हुन सक्छ। जागिरमा पदोन्नतिको योग बने तापनि केहि हदसम्मको खेप्नु पर्ने हुन सक्ला।
वृष राशी : यस राशीको नवम स्थानमा मंगल ग्रह रहने हुँदा हरेक कार्य प्रभावित हुने हुन्छ। केहि पनि काममा मन नलाग्न सक्ला । हरेक आर्थिक कार्यमा विराम लाग्नाले मानसिक तनाव बढेर जान सक्ला। शरीरमा आलस्यता बढेर जाने देखिन्छ भने यस समयमा आर्थिक लेन–देनको कार्य नगरेकै उचित रहन सक्ला।
मिथुन राशी : यस राशीको अष्टम भावमा मंगल ग्रह रहने हुँदा मिथुन राशी हुनेहरुले धेरै संयम रहनु पर्ने अवस्था आउन सक्ला। कोहिसँग पनि झगडा हुन सक्ने हुँदा सानो–तिनो भनाइ खप्नु भएकै उचित हुने देखिन्छ। यात्रा गर्दा पनि हदै सम्मको संयमता अपनाउनु पर्ने अवस्था रहने आउन सक्ला। कानुनी कार्यमा विशेष नोक्सान पुग्न सक्ला।
कर्कट राशी : कर्कट राशीको सप्तम भावमा मंगल ग्रह रहने हुँदा यस राशि हुनेहरुको पारिवारिक जीवनमा धेरै असर पर्ने देखिन्छ। पारिवारिक समस्याका कारण व्यवसायमा पनि असर पर्ने हुन्छ। यस समयमा परिवार भित्र अनेक प्रकारका समस्या देखा पर्न सक्छ। प्रेम सम्बन्धमा पनि ठुलै समस्या आइलाग्न सक्ला।
सिंह राशी : यस राशीको छैठौ भावमा मंगल ग्रह रहने हुँदा स्वास्थ्यमा धेरै प्रकारको असर पर्ने गर्छ। स्वास्थ्य सम्बन्धि समस्याले धेरैनै समस्या आउन सक्ला। विशेषतः पाचन सम्बन्धि समस्याले सताउन योग रहेको छ भने मंगलको ग्रह परिवर्तनले तपाईको गोपनियतामा समेत हलचल ल्याउने देखिन्छ। सकेसम्म यस समयमा गोप्य जानकारी कसैसँग पनि बढ्ने कार्य नगर्नु होला।
कन्या राशी
कन्या राशीहुनेहरुको कुन्डलीको पाँचौ भागमा मंगल ग्रह रहने हुँदा यस मंगल ग्रहको राशी परिवर्तनले सन्तान साथै शिक्षा क्षेत्रमा असर गर्न सक्ला। यस समयमा कन्या राशी हुनेहरुले सन्तानको बारेमा धेरैनै ध्यान दिनु पर्ने हुन्छ। शिक्षाको क्षेत्रमा कन्या राशि हुने व्यक्तिहरुले कडा मिहिनेत गरेमा मात्रै सफलता मिल्न सक्ला।
तुला राशी : तुला राशीको चौथो भावमा मंगल ग्रह गर्ने हुँदा यस राशीहुनेहरुलाई चली रहेको कार्य बन्द गर्नु पर्ने अवस्था आउन सक्ला। भौतिक सुखको मामलामा कमि रहन सक्ला। व्यवसायमा आर्थिक घाटाको सम्भावना बढेर जान सक्ला। रोजगारीको स्थानमा पनि यस राशि हुनेहरुलाई मान हानी खेप्नु पर्ने हुन सक्ला।
वृश्चिक राशी : वृश्चिक राशीको तृतीय भावमा मंगल ग्रह रहने हुँदा यस राशीहुनेहरुलाई पैतृक सम्पतिको मामलामा धेरैनै लाभ मिल्न सक्ला भने बिछोड भएका मित्रहरुसँग पनि भेट हुन सक्छ। तर आर्थिक कार्यमा भने योजना विस्तारको लागि ऋण लिनु पर्ने अवस्था आउन सक्छ। पारिवारिक रुपमा समय राम्रै रहन सक्ला।
धनु राशी : धनु राशीको द्वितीय स्थान यानी धनको भावमा मंगल ग्रह रहने हुँदा यस राशीहुनेहरुलाई सफलताको मार्ग मिल्न सक्छ। अत्याधिक धन लाभ हुने अवस्था आउन सक्ला भने हरेक व्यवसायमा सफलता बढ्ने देखिन्छ। ठुलै आर्थिक–व्यापारिक योजना समेत हात लाग्न सक्ला। मंगल ग्रहको राशी परिवर्तनसँगै यस रशी हुनेहरुको शत्रु भने बढेर जान सक्लान्।
मकर राशी : यस राशिको प्रथम स्थानमा मंगल ग्रह रहने हुँदा यस राशी भएका व्यक्तिहरुलाई शारीरिक रूपबाट शिथिलता महसूस हुन सक्ला। मानसिक रूपबाट पनि विचलित हुनुपर्ने अवस्था आउन सक्छ। यस राशि हुनेहरुको शरीरमा अलस्यता हुने हुँदा व्यापार व्यवसायमा लाभ पनि ठप्पनै रहने सक्ला। आर्थिक संकटले तनाव दिन सक्ला।
कुम्भ राशी : यस राशीको द्वादशि स्थानमा मंगल रहने हुँदा खर्च बढेर जान सक्ला। अत्याधिक खर्च हुने हुँदा आर्थिक संकटको सम्भावना देखिन्छ। यस राशि हुनेहरुको अर्थ साथै समय अनावश्यक कार्यमा खर्च हुन सक्ला। कुनै विशेष कार्य सम्पन्न नहुने हुँदा सजक रहनु पर्न सक्छ। तर केहि हदसम्मको आर्थिक लाभको भने अपेक्षा राख्न सकिन्छ।
मिन राशी : यस राशीहुनेहरुको एकादशी भावमा मंगल ग्रह रहने हुँदा आयको श्रोतमा असर पर्न जाने गर्छ। यस समयमा ऋण नलिएकै उचित हुने देखिन्छ। लेनदेनको कारमा विशेष ध्यान दिनु पर्ने अवस्था नआउला भन्न सकिन्न। तर पहिला फसेको पैसा भने धेरै कष्ठसँग उठाउन यस भएका व्यक्तिहरु सफल हुने देखिन्छ।
June 19, 2018 11:34 am | टिप्स/जानकारी
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित

जेन जी’ प्रदर्शन : १९ जनाको ज्यान गयो, झन्डै साढे ३ सय जनाकाे उपचार चल्दै

कुवेतस्थित नेपाली दूतावासमा नयाँ द्वितीय सचिवको कार्यभार प्रारम्भ

आज अन्तर्राष्ट्रिय परोपकार दिवस

प्रेस विज्ञप्ती (महेश पक्ष)एनआरएनए कुवेतद्वारा तथ्यहीन समाचारको खण्डन

३० गतेदेखि १ सय ११ ठाउँमा चाडपर्वलक्षित सहुलियत मूल्य पसल सञ्चालन हुने

वीरगञ्जमा अहिलेसम्म १ सय ३६ जनामा हैजा सङ्क्रमण

नेपालकी लोकप्रिय लोकदोहोरी गायिका प्रीति आले, भोलि बिहान १०:३० बजे कुवेत आउदै।

स्वास्थ्य बीमा समयमा नवीकरण नगरे चार गुणासम्म थप शुल्क लगाउने सरकारको चेतावनी

