अछामको दुईवटा वडा छाउगोठ मुक्त घोषणा
अछाम – मेल्लेख गाउँपालिकाको वडा नम्वर १ र २ लाई छाउगोठ मुक्त वडा घोषणा गरिएको छ । गाउँपालिका अध्यक्ष लोकबहादुर बोहराले शनिबार वडानम्बर २ को डाँडासिरीमा पत्रकार सम्मेलन गरी २ वटै वडालाई छाउगोठ मुक्त घोषणा गर्नुभएको हो ।
जनयुद्ध कालदेखिनै छाउपडी कुप्रथा नमान्ने ऋषिदहमा शान्ति प्रक्रिया पछि फेरि छाउगोठ केही मात्रामा अस्तित्वमा आएका थिए । पछिल्लो २ वर्ष यता स्थानीय महिला सञ्जालहरु, आमा समूह र अन्य सरोकारवालाको सक्रियतामा ऋषिदहमा छाउपडी प्रथा मान्ने प्रचलन पूर्ण रुपमा अन्त्य भएको जनाइएको छ ।
छाउपडीको नाममा विभिन्न संघ संस्थाले कार्यक्रम सञ्चालन गर्ने, छाउगोठ भत्काउने र तामझामसहित गोठमुक्त घोषणा गर्ने तर ब्यावहारमा छाउपडी कुप्रथा कायमै रहने अवस्थालाई चुनौती दिन पत्रकार सम्मेलन गरी गोठमुक्त घोषणा गरिएको अध्यक्ष बोहराले बताउनुभयो ।
उहाँले भन्नुभयो ‘महिला दिदिबहिनीकै सक्रियतामा मेल्लेख गाउँपालिकाको वडा नम्बर १ र २ लाई छाउ गोठमुक्त घोषणा गर्न सफल भएका छाँं, अन्य स्थानीय तहमा पनि विस्तारै यस्ता कुप्रथाको अन्त्य गर्दै जानेछौँ ।’ छाउपडी कुप्रथा विरुद्धको अभियानमा सक्रिय महिला संजाल र आमा समूहलाई गाउँपालिकाले सम्मान तथा पुरस्कारसहित अन्य कार्यक्रम पनि प्रदान गर्ने अध्यक्ष बोहराले बताउनुभयो ।
December 3, 2018 11:23 am | समाचार
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
कुवेतमा दूतावासको मातहत ‘र्यापिड रेस्पोन्स टास्कफोर्स’ गठन:
खाेटाङमा शव लिएर गएको हेलिकप्टर दुर्घटना
रास्वपाका सांसदहरूको अभिमुखीकरण आज सकिँदै
रास्वपाले आफ्ना सांसदहरुका लागि अभिमुखीकरण कार्यक्रम गर्दै
नवयुवा आन्दोलनको मुख्य कारण धनी–गरिबबीचको आम्दानीको अन्तर : अर्थ मन्त्रालय
एमालेले समानुपातिकतर्फका १६ जना उम्मेदवारको नाम टुङ्ग्यायो
मध्यपूर्वको द्वन्द्व बढ्दै गए नेपाली चुलोचौकामा नकारात्मक प्रभाव पर्न सक्ने’
बिहे भोजमा गएका दुई बालिकाको शव फेला, सँगै गएकी किशोरी बेपत्ता