विवाह समारोहमा सगुनको खाममा कति पैसा राख्छन् सेलिब्रेटी ? अमिताभ बच्चनले खोले राज
बलिउडमा अहिले बिवाहको सिजन चलिरहेको छ । भर्खरै अभिनेता रणवीर सिंह र अभिनेत्री दीपिका पादुकोणको विवाहको रिसेप्सनको कार्यक्रम सकिएको छ । डिसेम्बर १ मा मुम्बईमा आयोजित दीपवीरको रिसेप्सनमा बलिउडका महानायक अमिताभ बच्चन, शाहरुख खान, ऋतिक रोशन, रेखा, माधुरी दिक्षित, अनुष्का शर्मा, उद्योगपति मुकेश अम्बानी, क्रिकेट जगतका कपिल देव, सचिन तेन्दुलकर, महेन्द्र सिंह धोनी, सञ्जय लीला भन्सालीलगायत बलिउडका अधिकांश कलाकारको उपस्थिति थियो ।

दीपिका रणवीरको विवाह सकिन नपाउदै अर्की अभिनेत्री प्रियंका चोपडाको विवाह सुरु भएको छ । प्रियंका र उनका पति निक जोनसले पनि छिट्टै नै बलिउड कलाकारका लागि रिसेप्सनको आयोजना गर्नेछन् । प्रियंका र निकको विवाह लगत्तै कमेडियन कपिल शर्मा पनि विवाह गर्दैछन् । कपिलले पनि बलिउड कलाकारका लागि रिसेप्सनको आयोजना गर्नेछन् ।

यसरी विवाहमा सहभागी हुन जाँदा बलिउड कलाकारहरुले सगुनको रुपमा खाममा कति पैसा राख्छन् भन्ने कुराको खुलासा अभिनेता अमिताभ बच्चनले गरिदिएका छन् । बचनले उनको चर्चित शो कौन बनेगा करोडपतिको ग्र्याण्ड फिनालेमा यस कुराको खुलासा गरेका हुन् । अमिताभले भनेका छन् ‘बलिउडमा सगुनको खामको एक परम्परा छ । जस अनुसार खाममा १०१ रुपैयाँसम्म राख्ने सीमा तोकिएको छ ।’ साथै बच्चनले भने ‘यो सब एकरुपता ल्याउनका लागि गरिएको हो ।’

हालै दीपिका र रणवीरको विवाहको रिसेप्सनमा अमिताभ बच्चनका साथ दीपिका रणवीर पनि नाचेका थिए भने बच्चन पत्नी जया, बुहारी ऐश्वर्या र छोरी स्वेताले पनि साथ दिएका थिए । अभिनेता अमिताभ बच्चन र दीपिका पादुकोणले फिल्म ‘पिकू’ मा बुवा छोरीको भूमिका निर्वाह गरेका थिए । यो फिल्मले दर्शकको सराहनाका साथै बक्स अफिसमा पनि राम्रो ब्यापार गरेको थियो ।

प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
काठमाण्डाैका १० वटै निर्वाचन क्षेत्रमा आजै मतगणना थाल्ने तयारी
कुवेत र इराकमा रहेका नेपालीहरुले यथाशिघ्र पोर्टलमा विवरण अद्यावधिक गर्न दूतावासको अनुरोध
असहज परिस्थितिलाई निकास दिन फागुन २१ को चुनाव अपरिहार्य : प्रचण्ड
धादिङ बस दुर्घटनाबारे छानबिन गर्न ५ सदस्यीय कार्यदल गठन
चुनावकाे वातावरण बिग्रिँदै गएकाे भन्दै एमालेकाे चिन्ता
इरानसँग छिट्टै आणविक सम्झौता नभए खराब अवस्था आउन सक्ने अमेरिकी राष्ट्रपति ट्रम्पको चेतावनी
चुनाव प्रयाेजनका लागि अहिलेसम्म ६ सय ७१ उम्मेदवारले मात्रै बैंक खाता खाेले
निरेम प्रोडक्सन कुवेतको मानवतावादी पहल: दार्चुलाको दुर्गा स्थान माविलाई १ लाख सहयोग