भारतीय संचार माध्यममा पनि भाईरल शृङ्खला, उनलाई मिराको डुब्लिकेट भन्दै चर्चा
पछिल्लो समय विश्व बजारमा मिस नेपाल एउटा उत्सवको रुपमा निकै चर्चा छ । जस्ले नेपाललाई पनि नजिकै बनाएको छ । मिस वर्ल्डमा नेपालबाट सहभागी हुन गएकी शृङ्खला यतिबेला सर्वाधिक चर्चामा छिन् । हाल भोटिङ लाईन पनि सक्किएको छ । भोटिङको आधारमा सर्वाधिक माथी भएकी यि सुन्दरी मिस वर्ल्ड बन्ने लक्षण देखाइरहेका बेला भारतमा पनि श्रृखलाको चर्चा चलिरहेको छ ।
श्रृखलालाई शाहिद कपुरकी पत्नी मीरा राजपुत जस्तै भएको भन्दै चर्चा भएको हो । मिराको यतिबेला एक डान्स भिडियो निकै भाइरल भइरहेको छ । यो भिडियोमा मीरा आफ्ना बुवा विक्रमादित्य राजपुतसँग डान्स गरिरहेकी छन् । बुवा-छोरी ‘आजकल तेरे मेरे प्यार के चर्चे हर जबान पर’ भन्ने गीतमा डान्स गरेका छन् । भारतीय लोकप्रिय अनलाईन दैनिक भाष्करले मीस नेपाल श्रृंखला खतिवडालाई मीराको डुब्लिकेट भएको जनाएको हो ।
देश झाल्किने बिभिन्न प्रस्तुती दिइरहेकी श्रृंखला अहिले भोटिङमा पनि एक नम्बरमा रहेकी छिन् । अन्य देशकाले समेत सपोर्ट गरेको र श्रृंखला स्वंमको प्रस्तुतिले पनि यो पटक उनलाई मिस वर्ल्ड को दाबेदार मानिएको छ । यसैबिच भोटिङ क्लोज भएसम्म श्रृखला शीर्ष स्थानमा रहिन । शृङ्खलाको प्रतिष्पर्धीको रुपमा नाइजेरीयाकी सुन्दरी अनिता उका रहेकी थिइन् । एजेन्सी
December 3, 2018 3:15 pm | चलचित्र
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
काठमाण्डाैका १० वटै निर्वाचन क्षेत्रमा आजै मतगणना थाल्ने तयारी
कुवेत र इराकमा रहेका नेपालीहरुले यथाशिघ्र पोर्टलमा विवरण अद्यावधिक गर्न दूतावासको अनुरोध
असहज परिस्थितिलाई निकास दिन फागुन २१ को चुनाव अपरिहार्य : प्रचण्ड
धादिङ बस दुर्घटनाबारे छानबिन गर्न ५ सदस्यीय कार्यदल गठन
चुनावकाे वातावरण बिग्रिँदै गएकाे भन्दै एमालेकाे चिन्ता
इरानसँग छिट्टै आणविक सम्झौता नभए खराब अवस्था आउन सक्ने अमेरिकी राष्ट्रपति ट्रम्पको चेतावनी
चुनाव प्रयाेजनका लागि अहिलेसम्म ६ सय ७१ उम्मेदवारले मात्रै बैंक खाता खाेले
निरेम प्रोडक्सन कुवेतको मानवतावादी पहल: दार्चुलाको दुर्गा स्थान माविलाई १ लाख सहयोग