देशभर १२ हजार चर्च, ३० लाख क्रिश्चियन धर्मावलम्बी
7 years अगाडी
Susma Dhakal
काठमाडौँ, १८ मंसिर । गृह मन्त्रालय स्रोतका अनुसार काठमाडौं उपत्यकामा मात्रै करिब साढे चार हजार चर्च छन्। यो संख्या २०७० सालमा मन्त्रालयले अनौपचारिक रूपमा लिएको हो ।
देशभर करिब १२ हजार चर्च भएको अनुमान गरिएको छ। नेपाल राष्ट्रिय क्रिश्चियन महासंघका अध्यक्ष सीबी गहतराजले नेपालमा करिब १२ हजार पाँच सय चर्च रहेको बताए ।
तर, त्यसको आधारिक तथ्यांक भने छैन । आधिकारिक तथ्यांक थोरै भए पनि करिब ३० लाख नेपाली क्रिश्चियन भइसकेको दाबी धर्मआबद्ध संघसंस्थाहरूको छ।नेपालको जनगण्ना ०६८ अनुसार १.४ प्रतिशत अर्थात् करिब ३ लाख ७५ हजार क्रिश्चियन धर्मावलम्बी छन् ।
सन् २०२० मा ३.८ प्रतिशत नेपालीलाई क्रिश्चियन बनाउने लक्ष्यका साथ प्रचार प्रसार भइरहेको छ। विश्वमा तीव्र गतिमा क्रिश्चियन धर्मावलम्बी वृद्धि हुने देशको सूचीमा नेपाल अग्रपंक्तिमा पर्छ।
December 4, 2018 11:29 am | समाचार
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
कुवेतमा दूतावासको मातहत ‘र्यापिड रेस्पोन्स टास्कफोर्स’ गठन:
खाेटाङमा शव लिएर गएको हेलिकप्टर दुर्घटना
रास्वपाका सांसदहरूको अभिमुखीकरण आज सकिँदै
रास्वपाले आफ्ना सांसदहरुका लागि अभिमुखीकरण कार्यक्रम गर्दै
नवयुवा आन्दोलनको मुख्य कारण धनी–गरिबबीचको आम्दानीको अन्तर : अर्थ मन्त्रालय
एमालेले समानुपातिकतर्फका १६ जना उम्मेदवारको नाम टुङ्ग्यायो
मध्यपूर्वको द्वन्द्व बढ्दै गए नेपाली चुलोचौकामा नकारात्मक प्रभाव पर्न सक्ने’
बिहे भोजमा गएका दुई बालिकाको शव फेला, सँगै गएकी किशोरी बेपत्ता
Loading...