Friday 20th March 2026

भालुको आक्रमणबाट २ महिला गम्भिर घाइते

7 years अगाडी

बाजुरा । बाजुरामा भालुको आक्रमणबाट २ महिला गम्भिर घाइते भएका छन्।भालुको आक्रमणबाट खप्तड छेडेदह गाउँपालिका–४ खातीगाउँकी ५२ वर्षीया जलु धामी र १६ वर्षीया शान्ति धामी गम्भीर घाइते भएको खप्तड छेडेदह गाउँपालिका–४ का वडाध्यक्ष हर्क रावतले जानकारी दिए।

रावतका अनुसार जलुको आँखामा चोट लागेको छ भने शान्तिको पिठ्युमा चोट लागेको छ। आज बिहान गाउँ नजिकैको छडिखोलामा घाँस काट्न जानेक्रममा भालुले आक्रमण गरेको हो।घाइते दुवैको गुदुखाती स्वास्थ्यचौकीमा उपचार हुन नसकेपछि अछामको बयलपाटा रिफर गरिएको जनाएको छ।

          December 4, 2018 11:33 am | समाचार


प्रतिकृयाहरू :

समाचारहरु:

भर्खरै प्रकाशित


Loading...