Saturday 20th December 2025

क्यान्सरलाई हराएर मुस्कुराउँदै फर्किइन सोनाली

7 years अगाडी

बीबीसी। त्यही सुन्दर आँखा त्यही सुन्दरम मुस्कान… टाउकोमा  कपाल छैन। अनुहारमा कुनै चिन्ता छैन। विमानस्थलमा हात जोडेर फ्यानलाई धन्यवाद दिइन्। यस्तै देखिइन् न्यूयोर्कबाट क्यान्सरको उपचार गरेर भारत फर्किएकी बलिउड  अभिनेत्री सोनाली बेन्द्रे।  उनको  साथमा पति गोल्डी बहल थिए। क्यान्सरको उपचारकालागि उनी करिव ६ महिना पहिला अमेरिकामा गएकी थिइन्। सोनाली सोमबार विहान मुम्बई फर्किएकी हुन्।

View image on TwitterView image on TwitterView image on TwitterView image on Twitter

ANI @ANI Mumbai: Sonali Bendre returns from New York where she was undergoing treatment for cancer;husband Goldie Behl says,”Sonali is doing good. She is back for good. She is recovering very well.For now,treatment has ended. But the disease can come back so regular checkups will be done”
सोनालीका पति गोल्डी बहलले समाचार एजेन्सी एउनआइसँग कुरा गर्दै भनिन्–सोनाली ठिक हुँदैछिन्। अब उनी सधैंकालागि फर्किएकी हुन्। अहिलेको उपचार सकिएको छ, यद्यपी विमारी फेरि पनि बल्झिन सक्छ, त्यसकारण निरन्तर चेकअप भइरहन्छ।’ मुम्बई फर्किएकी सोनालीले आफ्नो इन्स्टाग्राममा एक भावुक स्टाटस लेखेकी छन्।

‘मानिसहरु भन्छन् दूरीले मनलाई नजिक बनाउँछ। हो यस्तो हुन्छ। तर  दूरीले हामीलाई जुन पाठ सिकाउँछ, त्यसलाई पनि हामीले कम आँक्नु हुँदैन। जम म आफ्नो घरभन्दा टाढा न्युयोर्क शहरमा थिएँ, तब मलाइ कति धेरै कथाकाबीच म हिँडिरहेकी छु। प्रत्येक कथा फरक कोणबाट आफ्नो च्याप्टर लेख्ने कोसिस गर्थे। त्यहाँ प्रत्येक व्यक्ति संघर्ष गरिरहेका हुन्थे। तर कोही पनि मैदान छोडेर भाग्न तयार थिएनन्। अब म त्यो बाटोमा छु जहाँ मेरो मन र मुटु छ। यो एउटा यस्तो अनुभव हो जसलाई म शब्दमा बयान गर्न सक्दिन, तै पनि म कोसिस गरिरहेकी छु। यो मेरो परिवार र साथीलाई दोस्रो पटक देख्न पाउनु खुशी हो।’

सोनालीको यो स्टाटसलाई एक लाख भन्दा पनि धेरैले लाइक गरेका छन् भने १५ हजार भन्दा धेरै कमेन्ट्स छन्। मानिसहरुले सोनाली मुम्बई फर्किएकोमा भव्य स्वागत गरेका छन्। र उनको शिघ्र स्वास्थ्यलाभको कामना पनि गरेका छन्।

          December 4, 2018 11:54 am | चलचित्र


प्रतिकृयाहरू :

समाचारहरु:

भर्खरै प्रकाशित


Loading...