Saturday 7th March 2026

प्रियंका, अनुष्का र दीपिकाकाे विवाहका यी समानता

7 years अगाडी

एजेन्सी। गत वर्ष विराट–अनुष्का र यो वर्ष दीपिका–रणवीर सिंहपछि प्रियंका चोपडा–निक जोनास विवाह बन्धनमा बाँधिएका छन्। यस बाहेक सोनम कपुर–आनन्द आहुजा र नेहा धुपिया–अंगद बेदी पनि विवाह बन्धनमा बाँधिएका छन्।  गत वर्ष ११ डिसेम्बरमा भएको विरुष्काको विवाह यो वर्ष दीप–वीरको विवाहलाई हेर्ने हो भने यसमा धेरै समानाता देखिन्छन्। कुनै कुनै विषयमा त निक–प्रियंकाको विवाह पनि मिल्न आउँछ। विवाह स्थल, ड्रेस डिजाइनर र भिडियोग्राफर तीनवटै विवाहको एउटै थिए। भिडियोग्राफर पनि यस्ता की जो वर्षमा मात्र १५ वटा विवाहको मात्र भिडियो खिच्छन्।

 

विरुष्काले आफ्नो विवाहकालागि टस्कनी रोजेका थिए। जबकि दीपवीरले भिला डे बालबियानोल्लो रोजे। यो दुवै लोकेशन इटलीमा छ। यद्यपी निक प्रियंकाले विवाह स्थलका रुपमा भारतलाई नै रोजे र इटलीको भन्दा जोधपुरलाई नै सुन्दर देखे। विरुक्ष्काले विवाहलाई कभर गरेका  विशाल पंजाबीको फर्म द वेडिङ फिल्मरले नै रणदीप र जोधपुरमा प्रियंका निकको विवाहको भिडियो खिचेका थिए। विशाल आफ्नी पत्नी जारा चौधरीसँग वर्षमा मात्र १५ विवाहको भिडियो मात्र खिच्छन्। उनलाई आउने हजारौं इमेलबाट छानेर मात्रै भिडियो खिच्न जाने निर्णय गर्छन्।विराट–अनुष्का, दीप–वीर र प्रियंका निक जोनासको विवाहको विशेष अवसरमा डिजाइनर सब्यसाची मुखर्जीको ड्रेस नै प्रयोग गरिएको थियो। विराट–अनुष्का र दीपिका–रणवीरको विवाहको एक फिल्मी कनेक्शन पनि छ। विरुष्काको विवाह गत वर्ष ११ डिसेम्बरमा भएको थियो।

 

जसको एक दिन पहिला अर्थात १० डिसेम्बरमा अनुष्काको फिल्म ‘रब ने बना दी जोडी’ रिलीज भएको थियो। उता दीप–वीरको विवाह १४ नोभेम्बरमा भयो जसको एक दिन पहिला उनीको फिल्म ‘रामलीला’ रिलीज भएको थियो। बेंगलुरुमा भएको रिसेप्शनमा दीपिकाको लुकले अनुष्काको दिल्ली रिसेप्शनको लुकलाई स्मरण गराएको थियो।

          December 4, 2018 12:30 pm | चलचित्र


प्रतिकृयाहरू :

समाचारहरु:

भर्खरै प्रकाशित


Loading...