इलाममा पर्यटन महोत्सव हुने
7 years अगाडी
Susma Dhakal
काठमाडौँ, १८ मङ्सिर : प्रदेश नं १ का चार जिल्ला झापा, इलाम, पाँचथर र ताप्लेजुङको समग्र पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले इलामको टुँडिखेलमा आगामी पुस ५ देखि १६ गतेसम्म ‘मेची क्षेत्र पर्यटन महोत्सव इलाम–२०७५’ आयोजना गरिने भएको छ । चार जिल्लालाई पर्यटकीय गन्तव्यका रूपमा विस्तार गर्ने तथा पर्यटनको माध्यमबाट स्थानीय जीविकोपार्जनमा आत्मनिर्भर बनाउने उद्देश्यले महोत्सव गर्न लागिएको आयोजक इलाम पर्यटन प्रवद्र्धन सरोकार समितिले जनाएको छ ।
बाह्र दिनसम्म चल्ने महोत्सवमा १५० व्यावसायिक स्टल रहने छन् । चार जिल्लाका कृषि उत्पादन, हस्तकलाका सामग्री प्रदर्शनीका साथै परम्परागत जातीय संस्कृति झल्कने प्रस्तुति रहने आयोजकले जनाएको छ । पचास हजारभन्दा बढीले महोत्सव अवलोकन गर्ने आयोजकको अपेक्षा छ । महोत्सवमा अनुमानित रु ५० लाख खर्च हुने जनाइएको छ । महोत्सवको प्रवद्र्धकका रूपमा प्रदेश सरकार उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय, नेपाल पर्यटन बोर्ड र मेची पहाडी क्षेत्र पर्यटन प्रवद्र्धन विकास समिति रहेका छन् ।
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
कुवेतमा दूतावासको मातहत ‘र्यापिड रेस्पोन्स टास्कफोर्स’ गठन:
खाेटाङमा शव लिएर गएको हेलिकप्टर दुर्घटना
रास्वपाका सांसदहरूको अभिमुखीकरण आज सकिँदै
रास्वपाले आफ्ना सांसदहरुका लागि अभिमुखीकरण कार्यक्रम गर्दै
नवयुवा आन्दोलनको मुख्य कारण धनी–गरिबबीचको आम्दानीको अन्तर : अर्थ मन्त्रालय
एमालेले समानुपातिकतर्फका १६ जना उम्मेदवारको नाम टुङ्ग्यायो
मध्यपूर्वको द्वन्द्व बढ्दै गए नेपाली चुलोचौकामा नकारात्मक प्रभाव पर्न सक्ने’
बिहे भोजमा गएका दुई बालिकाको शव फेला, सँगै गएकी किशोरी बेपत्ता
Loading...