श्रृंखला खतिवडालाई ‘ब्यूटी विथ पर्पस’ र मल्टिमिडिया अवार्ड,
काठमाडौं, मंसिर १८ । चीनमा जारी मिस वर्ल्ड प्रतियोगितामा नेपालकी प्रतिश्पर्धी श्रृंखला खतिवडाले ‘ब्यूटी विथ पर्पस’ अवार्ड जितेकी छन् चीनको सान्यामा जारी प्रतियोगितामा शृङ्खलाले सहभागी ११७ देशका सुन्दरीलाई पछि पार्दै अवार्ड जितेकी हुन् । मिस वर्ल्डमा सहभागी हुने सुन्दरीले समाजमा सकारात्मक प्रभाव पर्ने एक परियोजनामा काम गर्नुपर्ने व्यवस्था अनुसार श्रृंखलाले आफ्नो गृहजिल्ला मकवानपुरको चेपाङ बस्तीमा स्वास्थ्य चौैकी र अरु भौतिक संरचना बनाएकी थिइन् ।
उनी आर्किटेक्चर हुन् र त्यही ज्ञानको प्रयोग गरेर स्वास्थ्य चौकी तथा अरु भौतिक संरचना बनाएकी हुन् ।यसअघि सन् २०१३ मा नेपालकी प्रतिश्पर्धी इशानी श्रेष्ठले प्रोजेक्ट स्माइल मार्फत ब्यूटी विथ पर्पस अवार्ड जितेकी थिइन् ।
श्रृंखलाले भोटिङ मार्फत छानिने मल्टिमिडिया अवार्ड पनि जितेकी छन् । दुई अवार्ड जितेकी उनी प्रतिस्पर्धाको टप ३० मा पर्न सफल भएकी छन् । यसअघि हेड–टू–हेडको दोस्रो चरणमा भने उनी पराजित भएकी थिइन् ।
December 4, 2018 3:25 pm | चलचित्र
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
काठमाण्डाैका १० वटै निर्वाचन क्षेत्रमा आजै मतगणना थाल्ने तयारी
कुवेत र इराकमा रहेका नेपालीहरुले यथाशिघ्र पोर्टलमा विवरण अद्यावधिक गर्न दूतावासको अनुरोध
असहज परिस्थितिलाई निकास दिन फागुन २१ को चुनाव अपरिहार्य : प्रचण्ड
धादिङ बस दुर्घटनाबारे छानबिन गर्न ५ सदस्यीय कार्यदल गठन
चुनावकाे वातावरण बिग्रिँदै गएकाे भन्दै एमालेकाे चिन्ता
इरानसँग छिट्टै आणविक सम्झौता नभए खराब अवस्था आउन सक्ने अमेरिकी राष्ट्रपति ट्रम्पको चेतावनी
चुनाव प्रयाेजनका लागि अहिलेसम्म ६ सय ७१ उम्मेदवारले मात्रै बैंक खाता खाेले
निरेम प्रोडक्सन कुवेतको मानवतावादी पहल: दार्चुलाको दुर्गा स्थान माविलाई १ लाख सहयोग