Tuesday 23rd December 2025

पारिश्रमिकविना नै नेपाली फिल्ममा डेब्यु गर्दै तेरिया

8 years अगाडी

काठमाडौं,असार । २०१४ मा जी टीभीको ‘डीआईडी लिटिल मास्टर’ र ‘झलक दिखला जा सिजन – ९’ की विजेता तेरिया फौजा मगरले नेपाली फिल्ममा डेब्यु गर्ने भएकी छिन् ।डान्सबाट सानै उमेरमा आफ्नो पहिचान बनाउन सफल तेरियाले म्याक टेन कालुले निर्माण गर्न लागेको नयाँ फिल्म ‘मायाको मोल’ मा काम गर्ने भएकी हुन् । तेरिया यही असार २८ गते नेपाल आउने र उक्त चलचित्रमा काम गर्नेछिन् ।

तेरियाले यस फिल्मलाई एक महिनाको समय दिनेछिन् । तर उनले पारिश्रमिक भने एक रुपैयाँ पनि लिनेछैनिन् । यसअघि ‘पटुकी’ फिल्म निर्माण गरिसकेका चलचित्रका निर्देशक म्याक टेन कालुले यस फिल्मको निर्देशन गर्दैछन् ।

          June 19, 2018 1:24 pm | चलचित्र


प्रतिकृयाहरू :

समाचारहरु:

भर्खरै प्रकाशित


Loading...