Thursday 19th March 2026

सडक दुर्घटनामा परी १ जनाको मृत्यु

7 years अगाडी

घोराही । लमहीमा गएराति भएको मोटरसाइकल दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ भने दुई घाइते भएका छन्।

वेलाबाट गढवातर्फ आउँदै गरेको रा ३ प ३६२७ नं को मोटरसाइकल गढवा गाउँपालिका–७ मानपुरमा अनियन्त्रित भई दुर्घटना हुँदा २० वर्षीय दिनेश चौधरीको मृत्यु भएको इलाका प्रहरी कार्यालय गढवाले जनाएको छ।

चौधरीको उपचारको क्रममा लमही अस्पतालमा मृत्यु भएको हो। दुर्घटनामा सोही ठाउँका १८ वर्षीय रोशन चौधरी र १७ वर्षीय महेश चौधरी घाइते भएका छन्। घाइतेको लमही अस्पतालमा उपचार भइरहेको छ।

          December 5, 2018 2:14 pm | समाचार


प्रतिकृयाहरू :

समाचारहरु:

भर्खरै प्रकाशित


Loading...