Friday 17th May 2024

पोल्यान्ड भ्रमण सकेर राष्ट्रपति भण्डारी स्वदेश फिर्ता

5 years अगाडी

कठमाडौं, २० मंसिर । राष्ट्रपति विद्यादेवी भण्डारी पाँच दिने युरोप भ्रमण सकेर स्वदेश फिर्ता भएकी छिन् । जलवायु परिवर्तनसम्बन्धी महासन्धिको २४औँ सम्मेलनमा सहभागी हुन गत शनिबार राष्ट्रपति भण्डारी पोल्याण्ड गएकी थिइन्।

राष्ट्रपतिसँगै वन तथा वातावरणमन्त्री शक्तिबहादुर बस्नेत र केही सांसद पनि पोल्यान्‍ड गएका थिए। भ्रमणका क्रममा राष्ट्रपति भण्डारीले जलवायु परिवर्तनसम्बन्धी सम्मेलनलाई सम्बोधन गर्नुका साथै पोल्यान्‍डका समकक्षीसँग पनि द्वीपक्षीय भेटवार्ता गरेकी थिइन्। उनले जर्मनीको बर्लिनमा आयोजित गैरआवासीय नेपालीहरूको कार्यक्रमलाई पनि सम्बोधन गरेकी थिइन्।

          December 6, 2018 12:22 pm | समाचार


प्रतिकृयाहरू :

समाचारहरु:

भर्खरै प्रकाशित


Loading...