लाफिङ बुद्धलाई घरको यस स्थानमा राख्नुहोस, हुनेछ धन बुद्ध !
हिन्दू धर्ममा कुबेरलाई धन वृद्धि गर्ने भगवान मानिएको छ भने चीनमा लाफिङ बुद्धलाई शुभ र धन वृद्धि गर्ने देवता मानिएको छ । निकै मानिसहरुले यस कुरालाई विश्वास गरेर लाफिङ बुद्धलाई घरमा ल्याएर राख्ने गर्दछन् । लाफिङ बुद्धको मुर्ति घरमा जथाभावी राखे काम नबन्ने वास्तुको भनाई रहेको छ । लाफिङ बुद्धलाई राख्नको लागी दिशा र स्थानलाई ध्यानमा राख्न जरुरी रहेको छ ।
यानी तपाईको जरूरत अनुसार घरमा लाफिङ बुद्ध राख्नुहोस् । कुनैपनि घरमा पूर्व दिशालाई परिवारको भाग्य र सुख शान्तिको स्थान मानिने गरिन्छ । तपाई आ–आफ्नो घरको सदस्य बीच आपसी प्रेम र तालमेल बढाउन चाहनुहुन्छ भने एउटा लाफिङ बुद्ध पूर्व दिशामा राख्नुहोस् जो आफ्नो दुवै हात उठाएर हासीरहेको होस् ।
फेंगशुईको नियम अनुसार लाफिङ बुद्धलाई आफ्नो घरमा दक्षिण पूर्व दिशा राख्नु भयो भने यस दिशाको सकारात्मक उर्जा बढ्ने गर्दछ र धन, सुखलाई आकर्षित गर्ने गर्दछ । साथै आफ्नो घरमा भएका सदस्यहरुको आम्दानी बढ्ने गर्दछ । जागीर, व्यवसाय, तपाइको विरोधिहरुबाट चिन्तित हुनुहुन्छ भने यसमा पनि यसले राहत पुर्याउने गर्दछ । लाफिङ बुद्धलाई घरमा या जहाँ राखे पनि यस कुराको ध्यान दिनु आवस्यक रहेको छ ।
लाफिङ बुद्धको उचाई तपाइको आखा बराबरसम्म होस् । यानी लाफिङ बुद्ध यस्तो ठाउँमा रहुन कि तपाई आउदा आउदै तपाइको नजर सिधै लाफिङ बुद्धमाथी परोस । अधिक उचाई या होचोमा यसलाई राख्न हुदैन । जसरी गणेशको मुख ढोकातर्फ हुनु शुभ मानिन्छ यस्तै मुख्य ढोका तर्फ हेर्दै गरेको लाफिङ बुद्ध धन वृद्धिलाई आकर्षित गर्ने मानिन्छ ।
December 6, 2018 12:32 pm | टिप्स/जानकारी
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
बङ्गलादेशमा विद्यार्थी नेताको अन्त्येष्टि समारोहमा हजारौंको सङ्ख्यामा समर्थक सहभागी
रवि लामिछाने आज थुनामुक्त हुने
एमालेको मतगणना चल्दै : ओलीको दोब्बरभन्दा बढीको अग्रता, महासचिवमा कडा प्रतिस्पर्धा
राष्ट्रियसभा चुनावको मतदानस्थल तथा केन्द्र निर्धारण
कुवेतस्थित किरात राई यायोक्खाले आफ्नो चौथो अधिवेशन १३ फेब्रुअरी २०२६ मा खैतानस्थित राजधानी होटलको सभाहलमा आयोजना गर्ने निर्णय गरेको छ।
कुवेतमा गोरखा समाजको गठन आगामी ६ फेब्रुअरीमा प्रथम अधिवेशन हुदै ।
इन्डोनेशियामा बाढीका कारण ज्यान गुमाउनेको सङ्ख्या १ हजार नाघ्यो
कुवेतबाट राजु कार्की समानुपातिक सांसदका लागि सिफारिस :