अचानक चिसो बढ्यो, हल्का हिमपात र वर्षासमेत हुन सक्ने
7 years अगाडी
Susma Dhakal
काठमाडाैं, २२ मंसिर । मौसम बदली भई अचानक चिसो बढेको छ । वायु प्रदुषण तथा पश्चिमी हावाको प्रभावका कारण केही दिनयता काठमाडौँ उपत्यकालगायत मुलुकभरि नै चिसो बढेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
मौसमविद् मीनकुमार अर्यालले मौसमी प्रभाव तथा पश्चिमी हावाका कारण दिउँसो बादल लाग्दा चिसो बढ्दै गएको बताए । उनले मुलुकभरिकै तापक्रम घट्ने क्रममा रहेको जानकारी दिए । मौसम पूर्वानुमान महाशाखाका अनुसार आज काठमाडौं उपत्यकाको तापक्रम ६ डिग्रीसम्म पुगेको छ । हिजो न्यूनतम तापक्रम ६.४ डिग्री सेल्सियस थियो ।
विगतझैँ यस वर्ष पनि काठमाडौँ उपत्यकाको तापक्रम शून्य डिग्री सेल्सियसमा झर्ने अनुमान महाशाखाको छ । उच्च हिमाली भेगका केही स्थानमा हल्का हिमपात र पहाडी भेगका एक दुई स्थानमा हल्का वर्षासमेत हुने सम्भावना रहेको महाशाखाले जनाएको छ ।
December 6, 2018 3:29 pm | समाचार
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
कुवेतमा दूतावासको मातहत ‘र्यापिड रेस्पोन्स टास्कफोर्स’ गठन:
खाेटाङमा शव लिएर गएको हेलिकप्टर दुर्घटना
रास्वपाका सांसदहरूको अभिमुखीकरण आज सकिँदै
रास्वपाले आफ्ना सांसदहरुका लागि अभिमुखीकरण कार्यक्रम गर्दै
नवयुवा आन्दोलनको मुख्य कारण धनी–गरिबबीचको आम्दानीको अन्तर : अर्थ मन्त्रालय
एमालेले समानुपातिकतर्फका १६ जना उम्मेदवारको नाम टुङ्ग्यायो
मध्यपूर्वको द्वन्द्व बढ्दै गए नेपाली चुलोचौकामा नकारात्मक प्रभाव पर्न सक्ने’
बिहे भोजमा गएका दुई बालिकाको शव फेला, सँगै गएकी किशोरी बेपत्ता
Loading...