पढ्नुहोस र सेयर गर्नुहोस ,एउटा फिल्मका लागि कति पारिश्रमिक लिन्छन् यी सात बलिउड नायिका?
सन् २०१८ लाई बक्स अफिसमा नायिकाको वर्ष भन्दा फरक नपर्ला । यसवर्ष नायिका मुख्य भूमिकामा रहेको फिल्मले शानदार व्यापार गर्न सफल रह्यो । यी नायिकाहरुको फिल्मले त राम्रो कमाई गर्यो तर के तपाईलाई यी नायिकाले आफ्नो एउटा फिल्मका लागि कति पारिश्रमिक लिन्छन् भन्ने थाहा छ ? आज हामी तपाईंलाई बलिउडमा सबैभन्दा धेरै पारिश्रमिक लिने नायिकाबारे जानकारी दिँदैछौं ।

१. दीपिका पादुकोणः
बलिउडमा सबैभन्दा धेरै पारिश्रमिक लिने नायिकामा दीपिका पादुकोण शीर्ष स्थानमा पर्छिन् । दीपिका एउटा फिल्मका लागि १२ करोड भारु लिन्छिन् । यसै वर्ष रिलिज भएको दीपिकाको फिल्म ‘पद्मावत’ ले बक्स अफिसमा तीनसय करोडभन्दा बढीको कमाई गरेको थियो ।

२. प्रियंका चोपडाः
दीपिका पछि दोस्रो स्थानमा छिन् – प्रियंका चोपडा । उनले एउटा फिल्मका लागि १० करोड भारु लिन्छिन् ।

३. कंगना रनौतः
कंगना रनौत पनि एउटा फिल्मका लागि १० करोड भारु पारिश्रमिक लिने गर्छिन् । कंगना आफ्नो नयाँ फिल्म ‘मणिकर्णिका’ का लागि १० करोड थाप्दैछिन् । कंगनाले नायिकालाई दिइने कम पारिश्रमिक बारे आवाज पनि उठाउने गरेकी छिन् ।

४. आलिया भट्टः
फिल्म ‘राजी’ सफल भएपछि आलियाले पनि आफ्नो पारिश्रमिक बढाएकी छिन् । पाँच करोड भारु पारिश्रमिक लिने उनले अब आफ्नो फी ९ करोड पुर्याएकी छिन् । आलियाको फिल्म ‘राजी’ ले सय करोड क्लबमा प्रवेश पाएको थियो ।

५. कट्रिना कैफः
फिल्म ‘टाइगर जिन्दा हे’ बाहेक कट्रिना कैफका पछिल्ला फिल्मले बक्स अफिसमा आशा गरेजति व्यापार गर्न सकेको छैन । आजकाल कट्रिना एउटा फिल्मका लागि ७ करोड भारु लिने गर्छिन् ।
६. अनुष्का शर्माः
भारतीय क्रिकेट टिमका कप्तान विराट कोहलीकी श्रीमती र बलिउड नायिका अनुष्का शर्मा पनि महँगो नायिकामध्येकी एक हुन् । अनुष्का एउटा फिल्मका लागि ६ करोड भारु लिने गर्छिन् ।

७. विद्या बालनः
आफ्नो उत्कृष्ट अभिनय क्षमतामार्फत दर्शकको मन मस्तिष्कमा बस्न सफल विद्या बालन एउटा फिल्मका लागि पाँच करोड भारु लिने गर्छिन् । उनको पछिल्लो फिल्म ‘तुम्हारी सुलु’ लाई दर्शकले निकै रुचाएका थिए ।
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
बङ्गलादेशमा विद्यार्थी नेताको अन्त्येष्टि समारोहमा हजारौंको सङ्ख्यामा समर्थक सहभागी
रवि लामिछाने आज थुनामुक्त हुने
एमालेको मतगणना चल्दै : ओलीको दोब्बरभन्दा बढीको अग्रता, महासचिवमा कडा प्रतिस्पर्धा
राष्ट्रियसभा चुनावको मतदानस्थल तथा केन्द्र निर्धारण
कुवेतस्थित किरात राई यायोक्खाले आफ्नो चौथो अधिवेशन १३ फेब्रुअरी २०२६ मा खैतानस्थित राजधानी होटलको सभाहलमा आयोजना गर्ने निर्णय गरेको छ।
कुवेतमा गोरखा समाजको गठन आगामी ६ फेब्रुअरीमा प्रथम अधिवेशन हुदै ।
इन्डोनेशियामा बाढीका कारण ज्यान गुमाउनेको सङ्ख्या १ हजार नाघ्यो
कुवेतबाट राजु कार्की समानुपातिक सांसदका लागि सिफारिस :