Thursday 19th March 2026

धनुषामा छोरीको प्रेमका कारण झगडा हुँदा आमाले गरिन् छोरीकै हत्या

7 years अगाडी

धनुषा । आफ्नै छोरीको हत्या गरेको आरोपमा प्रहरीले जनकपुरबाट एक महिलालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा जनकपुर उपमहानगरपालिका– २४ सोनापाडा बस्ने ४८ वर्षीया राजकुमारी मण्डल रहेकी छन्।

आफ्नो १६ वर्षीया छोरी सोनीकुमारी मण्डलको हत्या गरेको आरोपमा पक्राउ गरी उनलाई आज जिल्ला प्रहरी कार्यालय धनुषाले पत्रकार सम्मेलनको आयोजना गरी सार्वजनिक गरेको हो।

सोनीले आफूले मन पराएको केटासँग बिहे गर्न खोजेको कुरामा विवाद बढ्दै जाँदा उनकी आमा राजकुमारीले रिसमा आएर आफ्नै छोरीको घाँटी थिची हत्या गरेको धनुषाका प्रहरी उपरीक्षक गोविन्द थपलियाले जानकारी दिए। घटनामा परिवारका अन्य सदस्यकोसमेत संलग्नता हुनसक्ने भएकाले यस सम्बन्धमा थप अनुसन्धान भइरहेको उहाँले जानकारी दिए।

          December 7, 2018 11:06 am | समाचार


प्रतिकृयाहरू :

समाचारहरु:

भर्खरै प्रकाशित


Loading...