Thursday 19th March 2026

अर्वपति विनोद चौधरीको रुवान्डामा खोलेको होटल लिलामीमा

7 years अगाडी

काठमाडौँ, २१ मंसिर । नेपालका अर्बपति व्यवसायी तथा नेपाली काँग्रेसका तर्फबाट सांसद विनोद चौधरी लिलामीमा चढ्नुभएको छ । अफ्रिकी मुलुक रुवान्डाको किगालीमा चौधरी समूहको लगानी रहेको एक होटललाई ऋण नतिरेको आरोपमा त्यहाँको एक बैंकले लिलामीमा चढाउने तयारी गरेको छ । चौधरी रक होटेलका अन्य दुई साझेदार रोबर्ट वाफाकुुलेरा र अलिखान कर्माबीच विवाद बढेपछि किगालीस्थित उबुम्वे ग्रान्ड होटललाई त्यहाँको केसीबी बैंकले लिलाम गर्ने तयारी गरेको हो ।

बैंकले गत सेप्टेम्बरमै बैंक ऋणबापतको एक करोड ८० लाख डलर तिर्न वारम्बर ताकेता गर्दा पनि कुनै सुनवाइ नभएकोले बैंकले आफ्नो लगानी सुरीषत गर्नका लागि होटल लिाम गर्ने अप्रिय निर्णय दिन बाध्य नपारियोस् भन्दै सञ्चालकहरुलाई पत्र पठाएको रुवान्डाको अनलाइन समाचार न्यू टाइम्सले जनाएको छ ।

नेपालका धनाढ्य चौधरीले रुवान्डाकै राबर्ट वाफाकुलेर र अलिखान कर्मालीसँग मिलेर जिंक ब्राण्ड अन्तर्गत होटललाई व्यवस्थापन गर्ने भन्दै किंगालीमा उबुम्वे होटल खोल्नुभएको थियो । तर, त्यसअनुरुप काम हुन नसकेको स्रोहतहरुलाई उद्धृत गर्दै द न्यू टाइम्सले लेखेको छ । त्यसपछि हिल्टन ग्रुपले होटल व्यवस्थापन गर्ने कुरा सार्वजनिक भएको थियो ।

त्यसपछि झनै शेयर सदस्यहरुबीच विवाद बढेको समाचारमा उल्लेख छ । होटल लिलामीको विषयमा थप समाचार पस्कँदै अनलाइन समाचार न्यु टाइम्सले बताएअनुसार ‘यसअघि चौधरी ग्रुपले होटललाई जिंक ब्राण्डमा चलाउनको लागि दुव्र्य इन्टरनेशनल फाइनान्सियल सैनटरको मध्यस्तथा खोजेको थियो । सेन्टरले पनि यसरी फाइदामा जाने बताएको थियो तर त्यो कार्यान्यन हुन सकेन ।’

          December 7, 2018 11:16 am | समाचार


प्रतिकृयाहरू :

समाचारहरु:

भर्खरै प्रकाशित


Loading...