क्याम्पस भवनको छतबाटै हाम फालिन् १७ वर्षीया छात्रा, कारण बाबुआमा
7 years अगाडी
Susma Dhakal
धनगढी । धनगढीको एक विद्यालयमा अध्यनरत एक छात्राले भवनको तेस्रो तलाबाट हाम फालेकी छन्। धनगढीको सुदूरपश्चिम एकेडेमीको कक्षा ११ मा अध्ययनरत १७ वर्षीया छात्रा पूजा चौधरीले बिहीबार क्याम्पस भवनको तेस्रो तलाबाट हामफालेकी हुन्।
हाम फाल्नुको मूख्य कारण खुल्न नसके पनि घरमा सँधैजसो हुने बाबु आमाको झगडाले तनावमा आएकी पूजाले आत्माहत्या गर्न स्कुलको छतबाट हाम फालेको हुनसक्ने अनुमान गरिएको छ।
कञ्चनपुरको बेलौरी नगरपालिका वडा नम्बर ६ स्थायी घर भएकी पूजा धनगढी उपमहानगरपालिका वडा नम्बर २ सन्तोषी टोलमा भाडाको कोठामा बस्दै आएकी छन्।
पूजाले क्याम्पसको हाफ छुट्टी हुने समयमा छतबाट हामफालेको विद्यालयले जनाएको छ। अहिले पूजाको कोहलपुर अस्पतालमा उपचार भईरहेको र उनको एउटा खुट्टा भाँचिएको अस्पताल स्रोतले जनाएको छ।
December 7, 2018 11:38 am | समाचार
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
कुवेतमा दूतावासको मातहत ‘र्यापिड रेस्पोन्स टास्कफोर्स’ गठन:
खाेटाङमा शव लिएर गएको हेलिकप्टर दुर्घटना
रास्वपाका सांसदहरूको अभिमुखीकरण आज सकिँदै
रास्वपाले आफ्ना सांसदहरुका लागि अभिमुखीकरण कार्यक्रम गर्दै
नवयुवा आन्दोलनको मुख्य कारण धनी–गरिबबीचको आम्दानीको अन्तर : अर्थ मन्त्रालय
एमालेले समानुपातिकतर्फका १६ जना उम्मेदवारको नाम टुङ्ग्यायो
मध्यपूर्वको द्वन्द्व बढ्दै गए नेपाली चुलोचौकामा नकारात्मक प्रभाव पर्न सक्ने’
बिहे भोजमा गएका दुई बालिकाको शव फेला, सँगै गएकी किशोरी बेपत्ता
Loading...