Thursday 19th March 2026

परराष्ट्रमा बेथितिको पराकाष्टः बैरागीको कमाण्ड खुस्कियो

7 years अगाडी

काठमाडौँ, २२ मंसिर ।  वर्तमान मन्त्रिपरिषदका सदस्य मध्ये नेपाली जनले निकै आशा र भरोसा गरेका पात्र हुन परराष्ट्र मन्त्री प्रदीप ज्ञावली । उनले नेतृत्व गरेको मन्त्रालयमा यतिसम्म वेथितिको परकाष्ट होला भन्ने कसैले अनुमान नगरेको हुन सक्दछ । हो, यस्तै भएको छ, यहाँ, परराष्ट्र मन्त्रालयका कर्मचारीको विदेशस्थित दूतावासमा हुने पोस्टिङ तोक आदेशमा हुन थालेपछि अहिले पीडित कर्मचारी आक्रोशि बन्नेका छन् ।उक्त मन्त्रालयमा अहिले गुल्मीवाला कर्मचारीको बोलबाला चलेको छ ।

अमेरिका र युरोपबाट फर्केका गुल्मेलीको फेरि अब्बल स्थानमा भकाभक पोष्टिङ हुन थालेपछि पीडित कर्मचारी भन्न थालेका छन्– होइन औ, हाम्रा हजुरबा पनि गुल्मीबाट बसाई सरेका हुन हामीप्रति किन विभेद ? होइन भने गुल्मेली भनेपछि अमेरिकाबाट फर्केकालाई फेरी त्यही किन, एउटा कर्मचारी अमेरिका र युरोप घुमी रहने अर्काेलाई भने खाडी मुलुकमा सधै लाश जम्मा गर्ने र पठाउने काममै लादि रहने यो कस्तो न्याय हो ।

मन्त्रालयमा अहिले सचिव शंकरदास वैरागीको चेनअफ कमाण्ड खुस्केको छ । पोष्टिङका हिसावले राम्रा मानिएका मुलुकमा जान गुल्मेली नै हुनु पर्ने बाध्यता सिर्जना भएको छ, भने कामको मूल्याङकन भन्दा पहँचवाला हावी भएको स्थिति बनेको छ ।
सिङगो मन्त्रालय गुल्मीका उपसचिव तेजबहादुर क्षेत्रीको कमाण्डमा रहेको छ । उनले जे भन्यो वैरागीले त्यसैमा सही धस्काउनु पर्ने परिस्थिति बनेको छ । कर्मचारीको विदेश पोष्ट्रिमा अनियमिता भएपछि केही कर्मचारीले अत्यचार सहन नसकेर सचिव वैरागीलाई लिखितरुपमै कानूनी चूनौतिको सामना गर्दै चेतावनी दिइसकेका छन् ।

सामान्यतया, अमेरिका तथा युरोपमा एक कार्यकाल विताएर फर्केका कर्मचारीलाई अर्काे कार्यकालका लागि एसियाली मुलुकमा पठाउने चलन विपरित अहिले वासिङटन डीसिबाट फर्केका जीतबहादुर कार्कीलाई न्यूर्याेक पठाइएको छ ।न्यूर्याेकबाट एक कार्यकाल पुरा गरेर फर्केका प्रकाश अधिकारीलाई अर्काे कार्यकाल कोपन हेगन र तेस्रो कार्यकालका लागि क्यानडा पठाउने कार्यले खाडी तथा दक्षिण एशियाली मुलुकमा काम गर्ने कर्मचारीको मनोबल कमजोर भएको छ ।यादव कोइराला डेनमार्क– स्वीट्जरलैण्ड हुदै अष्ट्रेलिया पुग्ने अर्का भाग्यमानी कर्मचारी हुन भने दोहाबाट फर्केका प्रेम बराललाई काइरो पठाइयो । केशव पन्थि पनि साउदीबाट कतार जान बाध्य भए ।

          December 8, 2018 10:04 am | समाचार


प्रतिकृयाहरू :

समाचारहरु:

भर्खरै प्रकाशित


Loading...