श्रृङ्खला आज मिस वर्ल्डको फाइनलमा भिड्दै, ताज नेपाल आउन सक्ने पूर्व मिस नेपालको विश्वास
काठमाडौं । श्रृङ्खला खतिवडा मिस वर्ल्डको ताजका लागि आज अन्तिम प्रतिस्पर्धा गर्दैछिन्। नेपाली समय अनुसार वेलुका पौने ५ बजे फाइनल सुरू हुनेछ। नेपालमा जुम टेलिभिजनबाट फाइनलको प्रत्यक्ष प्रशारण हेर्न सकिनेछ।
के श्रृङ्खलाले मिस वर्ल्डको ताज पहिरिन सक्लिन्? यो प्रश्नको उत्तर अबका केही घण्टामा निर्धारण हुनेछ। हामीले यही प्रश्न पूर्व मिस नेपाल जो चीनमा अहिले श्रृङ्खलाले प्रतिस्पर्धा गरेकै ठाउँमा मिस वर्ल्डका लागि प्रतिस्पर्धा गरेकी पूर्व मिस नेपाल प्रिति सिटौलालाई गरेका थियौं।
पछिल्ला दिन श्रृङ्खलाले निकै मेहनतपूर्वक फाइनलको तयारी गरिरहेकी छन्। दैनिक सामाजिक सञ्जालमा गतिबिधि पोष्ट गरिरहने श्रृङ्ला ‘अन्तम युद्ध’को तयारीमा ध्यान केन्द्रित गरेकी छन्। श्रृङ्खलालाई हौसला दिन उनका मातापिता सहित प्रियजन चीन पुगेका छन्।प्रति र श्रृङ्खलाबीच भएका कुराकानीले उनको जित्ने संभावना र कन्फिडेन्स् कति छ, त्यो बु्झ्न सकिन्छ। श्रृङ्खलाका हरेक गतिबिधि नजिकबाट नियालेकी प्रितिलाई हामीले मिस वर्ल्डको पहिलो ताज पहिरिने नेपाली श्रृङ्खला हुन सक्लिन् त ? भनेर सोधेका छौं।
December 8, 2018 10:07 am | चलचित्र
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
काठमाण्डाैका १० वटै निर्वाचन क्षेत्रमा आजै मतगणना थाल्ने तयारी
कुवेत र इराकमा रहेका नेपालीहरुले यथाशिघ्र पोर्टलमा विवरण अद्यावधिक गर्न दूतावासको अनुरोध
असहज परिस्थितिलाई निकास दिन फागुन २१ को चुनाव अपरिहार्य : प्रचण्ड
धादिङ बस दुर्घटनाबारे छानबिन गर्न ५ सदस्यीय कार्यदल गठन
चुनावकाे वातावरण बिग्रिँदै गएकाे भन्दै एमालेकाे चिन्ता
इरानसँग छिट्टै आणविक सम्झौता नभए खराब अवस्था आउन सक्ने अमेरिकी राष्ट्रपति ट्रम्पको चेतावनी
चुनाव प्रयाेजनका लागि अहिलेसम्म ६ सय ७१ उम्मेदवारले मात्रै बैंक खाता खाेले
निरेम प्रोडक्सन कुवेतको मानवतावादी पहल: दार्चुलाको दुर्गा स्थान माविलाई १ लाख सहयोग