गोपाल गुरुङको ७९औं जन्मजयन्ती मनाइयो
धरान । नेपाली नेलसन मण्डेला भनि परिचित दिवंगत नेता डा. गोपाल गुरुङको ७९औं जन्मजयन्ती सुनसरीको धरानमा मंगोल नेशनल अर्गनाइजेशन–डा.गोपाल गुरुङका नेता कार्यकर्ताहरुले भव्य मनाएका छन्।सुनसरी जिल्लाको आयोजनामा सदनरोडस्थित मल्टिटेस्ट रेष्टुरेन्टको सभाहलमा आयोजित जन्मजयन्ती समारोहमा डा। गोपाल गुरुङको सम्झनामा केक काटी खुशियाली मनाइएको थियो।
संगठनका केन्द्रीय संयोजक बीरलाल राईले मंगोलहरुको निम्ति बुद्ध जस्तै त्याग गर्न सक्ने व्यक्ति डा. गोपाल गुरुङ मात्रै रहेको बताए। बुद्धले जसरी विवेकले लडे गोपाल गुरुङले पनि त्यसरी नै ज्ञानबुद्धिले लडेको। ‘शक्तिशाली राजा महेन्द्र, बीरेन्द्रहरुले अञ्चलाधिश, राजदुत, मन्त्रीको अफर गर्दा गोपाल गुरुङले कहिल्यै स्वीकार नगर्नु आफैमा महान हो, जुन महानताको गहिराई नाप्ने हाम्रो औकात छैन’ राईले भने, ‘बुद्ध जस्तै सर्वस्व त्याग गर्ने अमर डा.गोपाल गुरुङ थिए।’
मूलबासी मंगोलहरुको स्वाभिमानलाई अक्षुण्ण राख्ने एक्लो डा. गोपाल गुरुङ भएको जिकिर गर्दै समस्त स्वतन्त्रता, मुक्तिकामी योद्धाहरुले गोपाल गुरुङको पथमा हिड्न आव्हान गरे। नेपालमा शिक्षित धेरै भएता पनि मूलबासी मंगोलहरुलाई लागेको साझा रोगको सल्यक्रिया गर्ने गोपाल गुरुङ मात्रै भएको संयोजक राईले स्पष्ट पारे। डा.गोपाल गुरुङको जन्मले उत्पीडनमा पारिएका बहुसंख्यक मूलबासी मंगोलहरुले पुर्नजीवन पाएको बताए।
संयोजक राईले डा.गोपाल गुरुङको महान त्याग, तपस्या र सर्मपनको सधै सम्मान गर्ने प्रतिवद्धता व्यक्त गर्दै गोपाल गुरुङको सपना पूरा गर्न जस्तो सुकै चुनौति संग पनि लड्ने उदघोष गरे। गोपाल गुरुङको सपनालाई साकार पार्नु समस्त मंगोलहरुको भविष्य चम्किलो पार्नु हो यसकारण निर्भिकतापूर्वक चुनौति सामना गर्न तयारी रहन अपिल गरे। संगठनका सचिव लोक तामाङले कार्यक्रममा गोपाल गुरुङको विषयमा प्रष्ट्याउनुका साथै ७९औं गोपाल गुरुङ जन्मजयन्तीको शुभकामना व्यक्त गरे।केन्द्रका विभिन्न विभागका प्रमुख, युवा, विद्यार्थी, भूपु सैनिक, नारी, मजदुर संगठन प्रमुख साथै केन्द्रीय सभा सदस्यहरुको समेत वाक्लो उपस्थिति रहेको जन्म जयन्ती समारोहमा सुनसरी जिल्ला अध्यक्ष काजीराम राईले अध्यक्षता गरे।
December 8, 2018 11:05 am | समाचार
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
कुवेतमा दूतावासको मातहत ‘र्यापिड रेस्पोन्स टास्कफोर्स’ गठन:
खाेटाङमा शव लिएर गएको हेलिकप्टर दुर्घटना
रास्वपाका सांसदहरूको अभिमुखीकरण आज सकिँदै
रास्वपाले आफ्ना सांसदहरुका लागि अभिमुखीकरण कार्यक्रम गर्दै
नवयुवा आन्दोलनको मुख्य कारण धनी–गरिबबीचको आम्दानीको अन्तर : अर्थ मन्त्रालय
एमालेले समानुपातिकतर्फका १६ जना उम्मेदवारको नाम टुङ्ग्यायो
मध्यपूर्वको द्वन्द्व बढ्दै गए नेपाली चुलोचौकामा नकारात्मक प्रभाव पर्न सक्ने’
बिहे भोजमा गएका दुई बालिकाको शव फेला, सँगै गएकी किशोरी बेपत्ता