“नेपाल विश्वमा सबैभन्दा छिटो विकास गर्ने देश हुनसक्छ” :- प्रधानमन्त्री
मंसिर – प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रको सार्वभौम सत्ता, लोकतान्त्रिक प्रणाली, सामाजिक न्याय, राष्ट्रिय एकता एवं शान्ति र सुरक्षामा कोही–कसैसँग सम्झौता नहुने बताएका छन् ।उनले भने–‘देश विकासका योजना पनि ती उल्लेखित विषयलाई सम्बोधन गर्ने र बलियो पार्ने किसिमका हुनुपर्छ ।’राष्ट्रिय योजना आयोगले शुक्रबार राजधानीमा आयोजना गरेको नेपालको दीर्घकालीन सोच र १५औं योजनाको तयारी बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले देशमा छिटो विकास गरिने बताए ।
विकासका लागि अरु देशका अनुभव, सीप र प्रविधि सजिलै उपलब्ध हुने हुनाले तिनलाई सदुपयोग गरेर अघि बढ्नसकिने उल्लेख गर्दै प्रधानमन्त्री ओलीले भने–‘हामी विश्वमा सबैभन्दा छिटो विकास गर्ने देश हुनसक्छौं । हामीलाई विकासका कुनै नयाँ कुरा आविष्कार गरिरहनुपर्दैन । अरुले गरेका आविष्कार प्रयोग गरे पुग्छ ।’उनले १५औं पञ्चवर्षीय योजना २०७६/०७७ देखि २०८०/०८१ देश विकासका लागि नयाँ आयाम ‘टर्निङ प्वाइन्ट’ हुने चर्चा गर्दै अघिल्ला योजनाका समीक्षाको निष्कर्षबाट यस योजनालाई आधुनिक, प्रविधिमैत्री र तीव्रगतिमा अघि बढ्नसक्ने व्यावहारिक योजना बनाउनुपर्नेमा जोड दिए ।
उनले स्वदेशमा रहेका फलामखानीको उत्खनन्, विद्युतीय ऊर्जाको उत्पादन र प्रयोग बढाउनुपर्ने र पेट्रोल, डिजेलजस्ता इन्धनको आयात घटाउन १५औं योजनाकेन्द्रित गर्न योजना आयोगलाई सुझाव दिए ।प्रधानमन्त्री ओलीले भने–‘विद्युत्, सौर्य र अन्य वैकल्पिक ऊर्जाको प्रयोगबाट पेट्रोल र डिजेलको खपत घटाउने हो भने देशको अर्थतन्त्रमा ठूलो भरथेग हुन्छ । जेट्रोपाबाट पनि इन्धनको आपूर्ति गर्न सकिन्छ । त्यसैले खेतका कान्लामा यो प्रजातिको बोट रोप्ने अभियान सन्चालन गर्नुपर्दछ ।’
December 8, 2018 11:13 am | समाचार
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
कुवेतमा दूतावासको मातहत ‘र्यापिड रेस्पोन्स टास्कफोर्स’ गठन:
खाेटाङमा शव लिएर गएको हेलिकप्टर दुर्घटना
रास्वपाका सांसदहरूको अभिमुखीकरण आज सकिँदै
रास्वपाले आफ्ना सांसदहरुका लागि अभिमुखीकरण कार्यक्रम गर्दै
नवयुवा आन्दोलनको मुख्य कारण धनी–गरिबबीचको आम्दानीको अन्तर : अर्थ मन्त्रालय
एमालेले समानुपातिकतर्फका १६ जना उम्मेदवारको नाम टुङ्ग्यायो
मध्यपूर्वको द्वन्द्व बढ्दै गए नेपाली चुलोचौकामा नकारात्मक प्रभाव पर्न सक्ने’
बिहे भोजमा गएका दुई बालिकाको शव फेला, सँगै गएकी किशोरी बेपत्ता