सीमा क्षेत्रमा भारतीय सेनाको यस्तो दादागिरी
बैतडी । सीमा क्षेत्रमा शान्ति सुरक्षा तथा सीमारक्षा गर्ने उद्देश्यसहित यहाँ आएको सशस्त्र प्रहरी बल विगत तीन महीनादेखि सदरमुकाममै बसेको छ । गत असोजमा आएको सशस्त्र प्रहरी बलको गुल्म नेपाल भारत सीमा नाका झुलाघाट नगई सदरमुकाम गढीमा स्थापना भएको हो सरकारले सबै जिल्लामा सशस्त्रको उपस्थिति गराउने निर्णयानुसार यहाँ पहिलोपटक गुल्म स्थापना गरेको छ ।
सशस्त्र प्रहरीको सुदूरपश्चिम प्रदेश कार्यालयबाट सीमामा बस्नका लागि अनुमति दिन ढिलाइ हँुदा सदरमुकाममै बसेको सशस्त्र प्रहरी नायब उपरीक्षक दुर्गादत्त पन्तले जानकारी दिनुभयो । शुरुका केही दिन झुलाघाटमा बस्नको लागि घर नमिलेकाले सदरमुकाममै बस्नुपरेको र अनुमति दिनासाथ सीमामा सारिने उहाँले बताउनुभयो ।
गुल्मले जिल्लामा शान्ति सुरक्षा कायम गर्नका लागि अन्य सुरक्षा निकायसँग मिलेर काम गर्ने नायब उपरीक्षक पन्तले बताउनुभयो । सो गुल्ममा तत्कालका लागि १६० जनशक्ति रहने भएको छ । कार्यालय स्थापनासँगै समुदायमा शान्ति स्थापनार्थ गस्ती, हुल दङ्गा नियन्त्रण, विपद् व्यवस्थापन, लागुऔषधलगायत अवैध सामग्री नियन्त्रण, चोरी निकासी, पैठारी र शान्ति सुरक्षा मजबुत बनाउनेजस्ता काममा आफूहरू सक्रिय रहेको उहाँले बताउनुभयो ।
केही दिनमै सीमा क्षेत्रमा सशस्त्र प्रहरी खटिने प्रमुख जिल्ला अधिकारी चन्द्रप्रसाद गैरेले बताउनुभयो । नाकामा सशस्त्र प्रहरी खटाउन सशस्त्र प्रहरी र जिल्ला समन्वय समितिको टोलीले सीमा नाकाको निरीक्षणसमेत गरिसकेको छ । सशस्त्रको उक्त गुल्म अहिले साविकको डिभिजन सहकारी कार्यालय र साविकको जिल्ला कृषि विकास कार्यालयको भवनमा राखिएको छ ।
December 8, 2018 1:30 pm | समाचार
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
कुवेतमा दूतावासको मातहत ‘र्यापिड रेस्पोन्स टास्कफोर्स’ गठन:
खाेटाङमा शव लिएर गएको हेलिकप्टर दुर्घटना
रास्वपाका सांसदहरूको अभिमुखीकरण आज सकिँदै
रास्वपाले आफ्ना सांसदहरुका लागि अभिमुखीकरण कार्यक्रम गर्दै
नवयुवा आन्दोलनको मुख्य कारण धनी–गरिबबीचको आम्दानीको अन्तर : अर्थ मन्त्रालय
एमालेले समानुपातिकतर्फका १६ जना उम्मेदवारको नाम टुङ्ग्यायो
मध्यपूर्वको द्वन्द्व बढ्दै गए नेपाली चुलोचौकामा नकारात्मक प्रभाव पर्न सक्ने’
बिहे भोजमा गएका दुई बालिकाको शव फेला, सँगै गएकी किशोरी बेपत्ता