पाकिस्तानको राष्ट्रपति कार्यालय सर्वसाधारणलाई खुल्ला
पाकिस्तानको राजधानी इस्लामावादमा रहेको राष्ट्रपति कार्यालय सर्वसाधारणका लागि खुल्ला गरिएको छ ।
सरकारी कार्यालयहरुमा सर्वसाधारणको पहुँच बढाउने अभियान स्वरुप सरकारले राष्ट्रपतिको कार्यालय सर्वसाधारणका लागि खुल्ला गरिएको शनिबार घोषणा गरेको हो ।
राष्ट्रपति कार्यालयका प्रवक्ता ताहिर खुश्नुदले राष्ट्रिय परिचयपत्र देखाएर पाकिस्तानका कुनै पनि नागरिक सरकारी कार्यालयमा प्रवेश पाउने व्यवस्थाअनुसार राष्ट्रपति कार्यालयमा पनि प्रवेश पाउने व्यवस्था गरिएको बताए ।
हरेक शनिबार बिहान ९ः०० बजेदेखि अपरान्ह् ४ः०० बजेसम्म कार्यालयमा प्रवेश गर्न दिने निर्णय भएको उनले जानकारी दिए । पाकिस्तानको सत्तारुढ दल ताहरिक ए इन्साफले निर्वाचनका बेला गरेको प्रतिबद्धताअनुसार यस्तो व्यवस्था गरिएको हो ।
निर्वाचनको समयमा सो पार्टीले आफूले निर्वाचन जिते सरकारी सबै भवन तथा कार्यालयहरुमा सर्वसाधारणको सहज पहुँच हुने व्यवस्था गर्ने प्रतिबद्धता जनाएको थियो । सरकारले देशको पूर्वी क्षेत्रमा रहेको पञ्जाब, दक्षिण क्षेत्रमा रहेको सिन्ध र उत्तरपश्चिमी क्षेत्रमा रहेको खैबर पख्तुन्खवा प्रान्तका गभर्नरका कार्यालयहरु भने यसअघि नै सर्वसाधारणका लागि खुल्ला गरिसकेको छ ।
उच्च सुरक्षा सतर्कतामा राखिएको र संवेदनशील मानिएको राष्ट्रपति कार्यालय यसअघि सर्वसाधारणका लागि प्रवेश निषेध गरिएको थियो ।
December 10, 2018 11:03 am | समाचार
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
कुवेतमा दूतावासको मातहत ‘र्यापिड रेस्पोन्स टास्कफोर्स’ गठन:
खाेटाङमा शव लिएर गएको हेलिकप्टर दुर्घटना
रास्वपाका सांसदहरूको अभिमुखीकरण आज सकिँदै
रास्वपाले आफ्ना सांसदहरुका लागि अभिमुखीकरण कार्यक्रम गर्दै
नवयुवा आन्दोलनको मुख्य कारण धनी–गरिबबीचको आम्दानीको अन्तर : अर्थ मन्त्रालय
एमालेले समानुपातिकतर्फका १६ जना उम्मेदवारको नाम टुङ्ग्यायो
मध्यपूर्वको द्वन्द्व बढ्दै गए नेपाली चुलोचौकामा नकारात्मक प्रभाव पर्न सक्ने’
बिहे भोजमा गएका दुई बालिकाको शव फेला, सँगै गएकी किशोरी बेपत्ता