Thursday 19th March 2026

बेलुका श्रीमतीसँग च्याटमा कुरा गर्दै बसेका युवकले अचानक आत्महत्या गरेका छन् ।

7 years अगाडी

रातमा पत्नीसँग च्याट गर्दैथिए, श्रीमतीको कुराले घाँटीमा बेल्ट बाँधेर सेल्फी पठाइ आत्महत्या: उनले आत्महत्या गर्नुअघि घाँटीमा बेल्ट बाँधेर सेल्फी खिचेर श्रीमतीलाई पठाएका थिए । उनले त्यही बेल्टको फन्दा बनाएर झुण्डिएर आत्महत्या गरेका हुन् । च्याटमा कुरा गर्ने क्रममा श्रीमतीसँग विवाद भएपछि उनले आत्महत्या गरेको बताइएको छ । उनले पहिले दुई सेल्फी पठाएका थिए । सेल्फी पठाएपछि श्रीमतीले भनेकी थिइन् ‘नाटक नगर जे गर्नु छ गर ।’ यही कुराले उनले आत्महत्या गरेको प्रारम्भिक अनुमान छ ।

२९ वर्षीय मृतक अरविंद शर्मा अशोक नगर उत्तरु प्रदेश निवासी भएको बताइएको छ । उनी ५ वर्षदेखि इन्दौरको एमआइजी कोलोनीमा फ्ल्याट भाडामा लिएर बसेका थिए । उनले त्यहीँ एउटा अफिस बनाएका थिए जसमा उनले घर कर्जा लगायतका कर्जासम्बन्धी काम गर्थे । उनको अफिसमा करिब १५ महिला कार्यरत छन् । त्यहीँ काम गर्ने एक युवती कीर्तिसँग उनले २०१७ मा विवाह गरेका थिए । कीर्ति उनको अफिसमा २०१३ देखि काम गरिरहेकी थिइन् ।

कीर्तिका माइती र कर्मचारीका अनुसार अरविंदका परिवार विवाहका लागि राजी थिएनन् । अरविन्दले कीर्तिलाई विजय नगरमा घर किनिदिएका थिए जहाँ उनी बस्थिन् । शुक्रबार राती उनीहरु च्याटमा कुरा गर्दै थिए । च्याटका क्रममा उनीहरुको कुनै कुरामा विवाद भयो । त्यसपछि उनले आत्महत्या गरेका थिए । शनिबार बिहान ५ महिला कर्मचारी साढे १० बजे अफिस पुगेका थिए । उनीहरुले ढोका ढक्ढक्याउँदा ढोमा नखुलेपछि फोन गरे । उनको फोनको रिङटोनको आवाज भित्रबाटै आयो । त्यसपछि केहीले उनको कोठाको पछाडि गएर हेर्दा उनी झुण्डिएको देखेपछि प्रहरीलाई खबर गरेका थिए ।

          December 10, 2018 2:14 pm | समाचार


प्रतिकृयाहरू :

समाचारहरु:

भर्खरै प्रकाशित


Loading...