Thursday 19th March 2026

निर्मलालाई न्याय माग्दै प्रदर्शन गर्ने दुई दर्जनबढी अधिकारकर्मी पक्राउ

7 years अगाडी

काठमाडौं। प्रधानमन्त्री निवास बालुवाटार अगाडि प्रर्दशन गरिरहेका दुई दर्जनबढी मानव अधिकारकर्मीलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको हत्यारालाई पक्राउ गर्न नसकेको विरोधमा सरकारविरुद्ध प्रर्दशन गर्न प्रधानमन्त्री निवास बालुवाटारमा पुगेका मानव अधिकारकर्मीहरुलाई प्रहरीले नियन्त्रणमा लिएको हो।

७० औं अन्तराष्ट्रिय मानव अधिकार दिवसको असर पारेर मानव अधिकार तथा शान्ति समाजले आयोजना गरेको विरोध प्रर्दशनमा निषेधित क्षेत्र तोडेपछि समाजका संस्थापक सभापति कृष्ण पहाडीसहितका २ दर्जनबढी मानव अधिकारकर्मीहरुलाई प्रहरीले नियन्त्रणमा लिएको हो।

नियन्त्रणमा लिएका सबैलाई महानगरीय प्रहरी वृत्त कमलपोखरीमा राखिएको छ। प्रर्दशनका क्रममा मानव अधिकारकर्मीहरुले निर्मला पन्तको हत्यारालाई अझै पक्राउ गर्न नसकेको भन्दै सरकारविरुद्ध चर्का नाराबाजी गरेका थिए।

          December 10, 2018 3:02 pm | समाचार


प्रतिकृयाहरू :

समाचारहरु:

भर्खरै प्रकाशित


Loading...