Thursday 19th March 2026

रेल दुर्घटना : चारको मृत्यु, ४३ घाइते

7 years अगाडी

अङ्कारा, २७ मंसिर । टर्कीको राजधानी अङ्कारामा बिहीबार भएको एक रेल दुर्घटनामा कम्तीमा चार व्यक्तिको मृत्यु हुनुको साथै ४३ घाइते भएका छन् ।गुडिरहेको रेलले मर्मतकार्य गर्ने अर्को रेलको इन्जिनलाई ठक्कर दिएपछि उक्त दुर्घटना भएको रेल अधिकारीले बताएका छन् ।

एकै रेल लाइनमा दुई इन्जिन जुधेर भएको सो दुर्घटनाबाट चार सर्वसाधारणको मृत्यु हुनुका साथै ४३ घाइते भएको अङ्कारा राज्य गभर्नर भसिप साहिलले जानकारी दिए । सरकारले उक्त दुर्घटनाका बारेमा अनुसन्धान शुरु गरेको छ ।

          December 13, 2018 5:31 pm | समाचार


प्रतिकृयाहरू :

समाचारहरु:

भर्खरै प्रकाशित


Loading...