भारतीय कमेडियन कपिल शर्माकाे विवाहका तस्बिरहरु सार्वजनिक
भारतीय हास्य कलाकार कपिल शर्माकाे उनकी लामो समय देखिकी प्रेमिका गिन्नी चतरथसँग विवाह सम्पन्न भइसकेकाे छ ।उनीहरुकाे पञ्जाबको जालन्धरमा रहेको होटल क्लब कबानामा डिसेम्बर १२ मा विवाह सम्पन्न भएको हो । विवाहमा कपिल शर्माका आफन्तजन तथा नजिकका साथीहरु उपस्थित थिए । कपिल शर्माले आफ्नो ट्वीटरमार्फत विवाहको तस्बिर सार्वजनिक गरेका छन् ।
कपिलले उनको विवाहमा हरियो रंगको शेरवानी लगाएका छन र हातमा तरवार बोकेका छन् । कपिलकी दुलही गिन्नी चतरथले भने रातो रंगको लेहंगा लगाएकी छिन् भने कपिलको पहिरनसँग मिल्ने गहना लगाएकी थिइन् । विवाहमा भारतीय हास्य कलाकार कृष्णा अभिषेक, भारती सिंह, सुमोना चक्रवर्ती, राजीव ठाकुर आदि उपस्थित भएका थिए ।
खबरहरुका अनुसार कपिल शर्माले सुनील ग्रोवरलाई पनि विवाहको निणन्त्रणा दिएका थिए तर सुनील विवाहमा सहभागी भएका थिइनन् । अहिले सामाजिक सञ्जालमा कपिलका शुभचिन्तक तथा बलिउड र टेलिभिजन कलाकारले बधाई तथा शुभकामना दिइरहेका छन् ।
December 13, 2018 6:02 pm | चलचित्र
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
काठमाण्डाैका १० वटै निर्वाचन क्षेत्रमा आजै मतगणना थाल्ने तयारी
कुवेत र इराकमा रहेका नेपालीहरुले यथाशिघ्र पोर्टलमा विवरण अद्यावधिक गर्न दूतावासको अनुरोध
असहज परिस्थितिलाई निकास दिन फागुन २१ को चुनाव अपरिहार्य : प्रचण्ड
धादिङ बस दुर्घटनाबारे छानबिन गर्न ५ सदस्यीय कार्यदल गठन
चुनावकाे वातावरण बिग्रिँदै गएकाे भन्दै एमालेकाे चिन्ता
इरानसँग छिट्टै आणविक सम्झौता नभए खराब अवस्था आउन सक्ने अमेरिकी राष्ट्रपति ट्रम्पको चेतावनी
चुनाव प्रयाेजनका लागि अहिलेसम्म ६ सय ७१ उम्मेदवारले मात्रै बैंक खाता खाेले
निरेम प्रोडक्सन कुवेतको मानवतावादी पहल: दार्चुलाको दुर्गा स्थान माविलाई १ लाख सहयोग