अयोध्या देखि आएका जन्तीलाई ५६ ब्यञ्जनको भोज, यसरी गरियो बिदाई
7 years अगाडी
Susma Dhakal
जनकपुरधाम, २७ मंसिर । अयोध्याबाट बुधवार आएका उत्तर प्रदेशका मुख्यमन्त्री सहितको जन्तीलाई ५६ व्याञ्जन खुवाएर जनकपुरधामबाट बिहीबार बिदाइ गरिएको छ । सीताराम जानकी विवाहोत्सव समापनका क्रममा अयोध्याबाट आएका जन्तीलाई मिठा मिठा परिकार खुवाएर बिदाइ गरिएको हो ।
पाँच दिनसम्म चलेको विवाहमहोत्सवमा अयोध्यादेखि जन्तीका रुपमा उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथ सहितका भारतीय नागरिक र साधुसन्त जन्ती बनेर जनकपुरधाम आएका थिए ।
जन्तीहरुलाई जनकपुरधामस्थित जानकी मन्दिर परिसरमा बासमती चामलको भात, रारीको दाल, पापड तिलौरी, सलाद, लड्डु, दही लगायतका ५६ परिकार खुवाएर बिदाइ गरिएको हो । उनीहरुलाई दक्षिणा र कम्बल दिँदै जानकी सह– महन्थ रामरोशन दासले सबै जन्तीलाई बिदाइ गरेपछि विवाहोत्सव पनि सकिएको छ ।
December 13, 2018 6:20 pm | समाचार
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
कुवेतमा दूतावासको मातहत ‘र्यापिड रेस्पोन्स टास्कफोर्स’ गठन:
खाेटाङमा शव लिएर गएको हेलिकप्टर दुर्घटना
रास्वपाका सांसदहरूको अभिमुखीकरण आज सकिँदै
रास्वपाले आफ्ना सांसदहरुका लागि अभिमुखीकरण कार्यक्रम गर्दै
नवयुवा आन्दोलनको मुख्य कारण धनी–गरिबबीचको आम्दानीको अन्तर : अर्थ मन्त्रालय
एमालेले समानुपातिकतर्फका १६ जना उम्मेदवारको नाम टुङ्ग्यायो
मध्यपूर्वको द्वन्द्व बढ्दै गए नेपाली चुलोचौकामा नकारात्मक प्रभाव पर्न सक्ने’
बिहे भोजमा गएका दुई बालिकाको शव फेला, सँगै गएकी किशोरी बेपत्ता
Loading...