Friday 19th December 2025

शाहरुखकी छोरी सुहानाको बलिउड डेब्युबारे तस्वीर र भिडियो सार्वजनिक

7 years अगाडी

एजेन्सी, मंसिर । अब बलिउडमा बिस्तारै स्टार किड्सको जमाना आउन सुरु भएको छ । जान्वी र साराले बलिउडका डेब्यु गरिसक्दा, अब पालो बलिउड बादशाह शाहरुख खानकी छारी सुहाना खानको आएको छ । उनी पनि बलिउडको रंगिन शहरभित्र कदम राख्ने हल्लाहरु चलिरहेका छन् ।केही दिन अघि मात्रै सुहानाले आफ्नो स्कूलमा चर्चित रोमियो जूलियट नाटकमा भूमिका निभाएको खबर आएका थिए ।

बलिउडलाइफको खबरअनुसार भर्खरै सुहानाको एउटा भिडियो सार्वजनिक भएको छ जहाँ उनी शूटिङको सेटमा देखिएकी छिन् । केही तस्वीर पनि छन् जसमा उनी प्रोडक्सन टीमको साथमा उभिएको देखिएको छ । यी तस्वीरमा देखिएको दृश्य कुनै अफिसियल शूटभन्दा फरक छैन ।वास्तवमा यो तस्वीर एउटा एक्सरसाइजको हो जहाँ सुहाना आफ्ना साथीहरुसँग देखिएकी छिन् । यो समय उनी शूटिङबारे विचार विमर्श गरिरहेकी छिन् ।

खबरका अनुसार सुहाना बाल्यकालदेखि नै एक्टिङका लागि निकै उत्साहित थिइन् र उनी जोडदार तयारी पनि गरिरहेकी थिइन् । त्यस्तै अर्कोतिर शाहरुखका छोरा आर्यन पनि फिल्ममा देखा पर्नका लागि निकै मेहेनत गरिरहेका छन् ।शाहरुख खानले पनि छोरीको त्यस्तो चाहनाप्रति समर्थन जनाइसकेका छन् । शाहरुख आफैले फिल्म उद्योगलाई सुरक्षित र सफा उद्योग भएको बताएका छन् ।

          December 13, 2018 7:26 pm | चलचित्र


प्रतिकृयाहरू :

समाचारहरु:

भर्खरै प्रकाशित


Loading...