Thursday 19th March 2026

पाल्पा जिप दुर्घटना: मृत्यु हुने पाँचै जनाको सनाखत

7 years अगाडी

बेझाड। बिहीबार साँझ भएको जिप दुर्घटनामा मृत्युु हुनेको सनाखत भएको छ। तानसेनबाट जल्पा हुँदै बहादुरपुर जाँदै गरेको लु१ज २६५३ नं को जिप आर्गिडाँडाको ओढारेमा दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको पाल्पा जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

हिजो साँझ करीब ८ बजे भएको उक्त दुर्घटनामा चालक वर्ष २० का वीरेन्द्र राना, वर्ष ४४ की यानीसरा गाहा, वर्ष २३ की कुनीसरा रुचाल, ७१ वर्षका रेवतबहादुर जिसी र ४१ बर्षकी तीन दिनकी सुत्केरी भूमिकुमारी दर्लामी रहेका छन्।

मृतक सबै माथागढी–८ बहादुरपुरका हुन्। सुत्केरी दर्मामीको तानसेनस्थित लुम्बिनी मेडिकल कलेजमा उपचारको क्रममा मृत्यु भएको थियो। तीन दिनको बच्चा भने सकुशल नै रहेको अस्पताल जनाएको छ।

रातिको समयमा साँघुरो र अप्ठ्यारो बाटो हुँदा भित्तामा ठोक्किएर दुर्घटना भएको हुनसक्ने पूर्वखोला–२ का वडाध्यक्ष नीरबहादुर सारुले जानकारी दिए। जिप करीब ५०० मिटर तल खोचमा खसेको थियो। अन्य घाइतेको सोही अस्पतालमा उपचार भइरहेको छ।

          December 14, 2018 9:44 am | समाचार


प्रतिकृयाहरू :

समाचारहरु:

भर्खरै प्रकाशित


Loading...