ईशा अम्बानीको विवाह : बुवा मुकेशले गरे यति खर्च, यसरी सजाए विश्वकै महंगो एंटिलिया निवास
एजेन्सी, मंसिर । भारतका धनाढ्य व्यापारी मुकेश अम्बानीकी एक्ली छोरी ईशा अम्बानीको आज १२ डिसेम्बरमा विवाह हुँदैछ । भारतकै व्यापारी अजय पिरामलका छोरा आनन्द पिरामलसँग आज ईशा विवाह बन्धनमा बाँधिदैछिन् । उनको विवाह अम्बानीको मुम्बाईस्थित घर एंटिलियामा सम्पन्न हुँदैछ । आज एंटिलियाको फूल र बत्तीहरुले विराट सजावट भएको छ ।
विवाह अघिका सम्पूर्ण कर्महरु उदयपुरमा सम्पन्न भए । ती समारोहहरुम अमेरिकी प्रथम महिला रहिसकेकी पूर्व विदेशमन्त्री हिलारी क्लिन्टिन पनि विवाहको प्रमुख पाहुना थिइन् । विवाहपछि अम्बानी परिवारले मुम्बाईमा एउटा ग्राण्ड रिसेप्शन दिने बताइएको छ ।
मुकेश अम्बानीले आफ्नी एक्ली छोरी ईशाको विवाहलाई भव्य बनाउन कुनै कमि बाँकी राखेनन् । खबरहरुका अनुसार मुकेशले ईशाको विवाहमा करिब सात सय करोड भारु खर्च गरेका छन् । ईशाको विवाहको एउटा कार्डको मूल्य तीन लाख रुपैंया थियो । विवाहमा दुबै परिवारको तर्फबाट तीन हजार कार्डहरु बाँडीएका थिए ।
अम्बानीको घर एंटिलियालाई विश्वको सबैभन्दा महंगो घर मानिन्छ । २७ तल्लाको यो घरमा तीनवटा हेलिप्याड, थिएटर, नौंवटा लिफ्ट, हजार स्क्वायर फिटमा फैलिएको जिम, धेरैवटा स्वीमिङ पूल, करिब १६० वटा गाडीहरुका लागि पार्किङ सुविधा छ । यो पूरा घरको जिम्मेवारी ६ सय कर्मचारीमा रहेको छ । ईशालाई उनका ससुरा अजय पिरामलले सी फेसिंग बंगला उपहारका रुपमा दिएका छन् । बंगला हिरा थिममा आधारित छ । उक्त आलिशान महलको मूल्य ४५२ करोड रुपयाँ बताइएको छ । यो विवाहलाई भारतको इतिहाँसमै सबैभन्दा महंगो विवाहको मानिएको छ ।
December 14, 2018 10:44 am | चलचित्र
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
काठमाण्डाैका १० वटै निर्वाचन क्षेत्रमा आजै मतगणना थाल्ने तयारी
कुवेत र इराकमा रहेका नेपालीहरुले यथाशिघ्र पोर्टलमा विवरण अद्यावधिक गर्न दूतावासको अनुरोध
असहज परिस्थितिलाई निकास दिन फागुन २१ को चुनाव अपरिहार्य : प्रचण्ड
धादिङ बस दुर्घटनाबारे छानबिन गर्न ५ सदस्यीय कार्यदल गठन
चुनावकाे वातावरण बिग्रिँदै गएकाे भन्दै एमालेकाे चिन्ता
इरानसँग छिट्टै आणविक सम्झौता नभए खराब अवस्था आउन सक्ने अमेरिकी राष्ट्रपति ट्रम्पको चेतावनी
चुनाव प्रयाेजनका लागि अहिलेसम्म ६ सय ७१ उम्मेदवारले मात्रै बैंक खाता खाेले
निरेम प्रोडक्सन कुवेतको मानवतावादी पहल: दार्चुलाको दुर्गा स्थान माविलाई १ लाख सहयोग