ईशा अम्बानीको विवाह : बुवा मुकेशले गरे यति खर्च, यसरी सजाए विश्वकै महंगो एंटिलिया निवास
एजेन्सी, मंसिर । भारतका धनाढ्य व्यापारी मुकेश अम्बानीकी एक्ली छोरी ईशा अम्बानीको आज १२ डिसेम्बरमा विवाह हुँदैछ । भारतकै व्यापारी अजय पिरामलका छोरा आनन्द पिरामलसँग आज ईशा विवाह बन्धनमा बाँधिदैछिन् । उनको विवाह अम्बानीको मुम्बाईस्थित घर एंटिलियामा सम्पन्न हुँदैछ । आज एंटिलियाको फूल र बत्तीहरुले विराट सजावट भएको छ ।
विवाह अघिका सम्पूर्ण कर्महरु उदयपुरमा सम्पन्न भए । ती समारोहहरुम अमेरिकी प्रथम महिला रहिसकेकी पूर्व विदेशमन्त्री हिलारी क्लिन्टिन पनि विवाहको प्रमुख पाहुना थिइन् । विवाहपछि अम्बानी परिवारले मुम्बाईमा एउटा ग्राण्ड रिसेप्शन दिने बताइएको छ ।
मुकेश अम्बानीले आफ्नी एक्ली छोरी ईशाको विवाहलाई भव्य बनाउन कुनै कमि बाँकी राखेनन् । खबरहरुका अनुसार मुकेशले ईशाको विवाहमा करिब सात सय करोड भारु खर्च गरेका छन् । ईशाको विवाहको एउटा कार्डको मूल्य तीन लाख रुपैंया थियो । विवाहमा दुबै परिवारको तर्फबाट तीन हजार कार्डहरु बाँडीएका थिए ।
अम्बानीको घर एंटिलियालाई विश्वको सबैभन्दा महंगो घर मानिन्छ । २७ तल्लाको यो घरमा तीनवटा हेलिप्याड, थिएटर, नौंवटा लिफ्ट, हजार स्क्वायर फिटमा फैलिएको जिम, धेरैवटा स्वीमिङ पूल, करिब १६० वटा गाडीहरुका लागि पार्किङ सुविधा छ । यो पूरा घरको जिम्मेवारी ६ सय कर्मचारीमा रहेको छ । ईशालाई उनका ससुरा अजय पिरामलले सी फेसिंग बंगला उपहारका रुपमा दिएका छन् । बंगला हिरा थिममा आधारित छ । उक्त आलिशान महलको मूल्य ४५२ करोड रुपयाँ बताइएको छ । यो विवाहलाई भारतको इतिहाँसमै सबैभन्दा महंगो विवाहको मानिएको छ ।
December 14, 2018 10:44 am | चलचित्र
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
रवि लामिछाने आज थुनामुक्त हुने
एमालेको मतगणना चल्दै : ओलीको दोब्बरभन्दा बढीको अग्रता, महासचिवमा कडा प्रतिस्पर्धा
राष्ट्रियसभा चुनावको मतदानस्थल तथा केन्द्र निर्धारण
कुवेतस्थित किरात राई यायोक्खाले आफ्नो चौथो अधिवेशन १३ फेब्रुअरी २०२६ मा खैतानस्थित राजधानी होटलको सभाहलमा आयोजना गर्ने निर्णय गरेको छ।
कुवेतमा गोरखा समाजको गठन आगामी ६ फेब्रुअरीमा प्रथम अधिवेशन हुदै ।
इन्डोनेशियामा बाढीका कारण ज्यान गुमाउनेको सङ्ख्या १ हजार नाघ्यो
कुवेतबाट राजु कार्की समानुपातिक सांसदका लागि सिफारिस :
दाङको फोहर व्यवस्थापन केन्द्रमा आगलागी