आगलागीमा परी एकै घरका तीनको मृत्यु ! हार्दिक श्रदाञ्जली
लमही । दाङमा आगलागीमा परी एकै घरका तीन जनाको मृत्यु भएको छ । फुसले छाएको घरमा आगलागी हुँदा बङ्गलाचुली गाउँपालिका–८ गुराँसे निवासी नवराज पुनका दुई छोरी र एक छोराको मृत्यु भएको हो । बिहीबार राति ८ बजेतिर सोलारको ब्याट्री पड्किएर घरमा आगलागी हुँदा पुनका सात वर्षीय छोरा कृष्णकुमार, पाँच वर्षीया छोरी अस्मिता र दुई वर्षीया छोरी अञ्जुको मृत्यु भएको दाङ जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक रामप्रसाद घर्तीले जानकारी दिए ।
पुनको एक वर्षीय छोरा बिरामी भएका कारण तीन छोराछोरीलाई घरमा सुताएर नवराज र उहाँकी श्रीमती झारफुक गराउन गाउँ गएका बेला ब्याट्री पड्किएर आगलागी भएको प्रहरीको अनुमान छ । हाँसीपुर प्रहरीचौकी र स्थानीयवासीको सक्रियतामा राति १२ बजे आगो नियन्त्रणमा लिइएको थियो । आगलागीबाट घरमा रहेका सामानका साथै सात गाई र चार बाख्रासमेत जलेर नष्ट भएका छन् । रासस
December 14, 2018 10:48 am | समाचार
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
कुवेतमा दूतावासको मातहत ‘र्यापिड रेस्पोन्स टास्कफोर्स’ गठन:
खाेटाङमा शव लिएर गएको हेलिकप्टर दुर्घटना
रास्वपाका सांसदहरूको अभिमुखीकरण आज सकिँदै
रास्वपाले आफ्ना सांसदहरुका लागि अभिमुखीकरण कार्यक्रम गर्दै
नवयुवा आन्दोलनको मुख्य कारण धनी–गरिबबीचको आम्दानीको अन्तर : अर्थ मन्त्रालय
एमालेले समानुपातिकतर्फका १६ जना उम्मेदवारको नाम टुङ्ग्यायो
मध्यपूर्वको द्वन्द्व बढ्दै गए नेपाली चुलोचौकामा नकारात्मक प्रभाव पर्न सक्ने’
बिहे भोजमा गएका दुई बालिकाको शव फेला, सँगै गएकी किशोरी बेपत्ता