Thursday 19th March 2026

यसरी हुन्थ्यो माओवादी लडाकु सिबिरमा भष्ट्राचार, एक बयान

7 years अगाडी

एकीकृत माओवादी शान्ति प्रक्रियामा आएपछि तत्कालीन जनमुक्ति सेनाका लागि स्थापित शिविरमा भएको भनिएको भष्ट्राचारको विषय राजनीतिक बहसको विषय बन्दै आएको छ । यद्यपी यो रहस्यमय लाग्ने भ्रष्टाचारको विवादका विषयमा कसैले पनि आधिकारिक तथ्य बाहिर भने ल्याउन सकेको छैन । खासमा के भएको थियो लडाकु शिविरमा र कसरी भएको थियो भ्रष्ट्राचार ? यसै विषयमा माओवादीका पूर्व डिभिजन भाइस कमाण्डर उदय बहादुर चलाउने ‘दिपक’ ले रहस्य खोलेका छन् । सबै विवरण उनकै शब्दमाः

उदय बहदुर चलाउने ‘दिपक’
दस बर्ष सम्म लडेको जनमुक्ति सेनालाई शान्ति प्रक्रियामा आएपछि क्यान्टोन मेन्टमा राख्ने सहमति भयो । त्यहि सहमति अनुसार जनमुक्ति सेनालाई देशका बिभिन्न सात ठाँउमा अस्थाई क्याम्प बनाए राखियो ।
शुरुमा जनमुक्ति सेनालाइ गाँस बासको पनि ठूलो समस्यामा पारियो । त्योपनि सरकार संग नभएर होइन । जनमुक्ति सेनालाई दुःख दिन हो । कस्ता कस्ता दुःख सहेर आएको जनमुक्ति सेनाको लागि ती दुःख सामान्य नै लाग्नु स्वभाविक थियो । यो देशको सत्ता परिवर्तन गर्न हिडेका जनमुक्ति सेनाहरु आफुले दुःख पाएर पनि जनतालाई सुख हुन्छ भने सहन प्रतिबद्ध थियो ।

प्लाष्टीकका पालको बासबाट शुरु भएको क्यान्टोन मेन्टको बसाइ सारै पिडादायीक थियो । सुरुमा नेपाल सरकारले थोरै रकम दिएको थियो । जति दिएको थियो त्यो व्यवस्थापनमामा खर्च भयो । पछिल्लो चरणमा मासिक तीन हजार भत्ता दिएको थियो । त्यो समयमा भ्रष्टाचार हुने कुरा भएन । त्यस पछि मासिक छ हजारका दरले भत्ता दिइयो । त्यसलाई कसरी उपयोग गर्ने भन्ने विषयबाट भ्रष्टाचारको शुरुवात भएको छ । किन कि जनमुक्ति सेनाका साथिहरुले पाएको मासिक छ हजार मा पनि जनमुक्ति सेनाबाट बाहिर आएका वाइसिएलका साथिहरुलाई पनि पकेट खर्च दिने भनेर पैसा कटाइन थालियो त्यहि पैसाबाट डिभिजन कमाण्डरहरुले भ्रष्टाचारको सुरुवात गरे ।

क्यान्टोनमेन्टमा आवश्यकताहरुमा जस्तो लजेस्टीक (गोली गठ्ठा बाहेक)कोलागि पैसा छुट्याइन्थ्यो । उपचारको नाममा पनि पैसा छुट्याईन्थ्यो । सरकारले दिएको प्रति व्यक्ति छ हजारमा पनि सबै जनमुक्ति सेनालाई मासिक पकेट खर्च भनेर पाँच सयमात्र दिन्थे । बाँकि सबै पैसा व्यवस्थापनलाई भनेर लिन्थे
जुन जुन शिर्षकमा खर्च भयो भनीयो त्यो रकम र पार्टी हेडक्वाटमा विविध शिर्षकमा माग गरेको रकमको कुनै पारदर्शिता देखाइएन । कहाँ कसरी खर्च भयो । कसैलाई जानकारी दिइएन ।

वाईसिएलका साथिहरुले अहिलेपनि पैसा पाएका छैनौ भन्छन् । उनीहरुले पनि पाएनन् भने हामीहरु बाट कटाएको पैसा कहाँ गयो । हामीलाई वाईसिएल र व्यवस्थापन गर्नु पर्छ भनेर पैसा जम्मा गरे । त्यहि पैसा पार्टी हेडक्वाटर र सेनाका कमाण्डरहरुले मिलेर खाए ।
क्यान्टोनमेन्टमा तलब दिने सरकारी कर्मचारी थिए । अनमिन थियो । तर यो सबै कुरा अनमिनलाई र सरकारी कर्मचारीलाई थाह नै हुदैन थियो । तलब पनि डिभिजनले बुझ्थ्यो । एक पटक एघार महिनाको तलब भत्ता एकै पटक दिएको थियो । त्यो पैसा एक जनाले तेत्तिस हजार पाउनु पथ्यो तर पाएनौ कसैलाई कत्ति कसैलाई कत्तिका दरले दिए । त्यसमापनि एकरुपता थिएन ।

त्यहाँ भित्र भएका सरकारी कर्मचारीले संगठनमा कुनै चासो दिने कुरा थिएन । अनमिन सहजकर्ताको भूमिकामा मात्र आएको भएर पनि होला उसले आफ्नो कार्यक्षेत्र भन्दा बाहिर हेर्ने कुरा भएन ।जब जनमुक्ति सेनाका तल्ला तहका सेनाहरुले कमाण्डरहरुले क्यान्टोन मेन्टका पैसा निजी लगानीमा लगाएको सुने । पछि हामीहरु त्यसको अध्ययन गर्न थालेका थियौ । अध्ययन गदै जादा त्यो कुरा सहि साबित हुन थाल्यो । त्यसको खोज बिनको लागि आवाज झिनो रुपमा उठ्न थाल्यो । जसको सुनवाई हुने कुरा भएन । त्यहाँ आवाज उठाउने व्यक्तिहरु पनि कहिन कहि मानसिक रुपमा प्रताडित हुने अवस्था आउथ्यो । त्यसलाई फरक विचारमा जोडेर दःख दिने काम गरिन्थ्यो । त्यहि भएर पनि बोल्न डराउथे । डिभिजनका कमाण्डर सिधै हेडक्वाटर संग मिले । उनीहरु नै सर्बे सर्वा हुन्थे । उनीहरुको रिपोर्टीङको आधारमा हेडक्वाटर विश्वस्त हुन्थ्यो ।

म छैठो डिभिजनमा थिए । त्यहाँ सरकारबाट उपलब्ध गराएको काठ पनि डिभिजन कमाण्डरले एक्लै बेचेर खाएको कुरा बाहिर आयो । जब कि डिभिजन भित्रका सबै काम गर्नु पर्दा निर्णय गरेर कार्यान्वयन गर्नु पथ्र्यो । पछि आयोग गठन गरेर छानबिन गर्दा छब्बीस लाखको वेरोजु आयो । त्यो डिभिजनका अन्य सदस्यको बिनाजानकारी एक्लै कमाण्डरले गरेका थिए ।

तेस्रो डिभिजनमा हामीहरुले कुरा उठायौ त्यो प्रति डिभिजन कमाण्डर राजेशले जिम्मेवारी बोध गरेन । उनले कसैलाई जानकारी नगर्दा पनि चल्छ भन्ने भयो । उनमा जिम्मेवारी बोधमा स्खलीत भइसकेको रहेछ । जब बढी कुरा उठ्न थाले त्यसबाट बच्न राजेशले हेडक्वाटरको कभर लियो । उनी प्रमुख नेतृत्वको नजिक भए । उनको प्रमुख नेतृत्वलेपनि राम्रो बचाउ गरे । त्यती भए पछि उनले डिभिजनका अन्य सदस्यहरुलाई टेर्ने कुरा पनि भएन ।

बिग्रेड लेबलकासम्मलाई डिभिजनमा भइरहेको भ्रष्टाचारको बारेमा थाह थियो । यी कमाण्डरहरुले नबोल्नुको कारण

१ डिभिजन कमाण्डरले भ्रष्टाचार ग-यो भनेर आवाज उठाउनेले दुःख,प्रताडना सहनु पर्ने हुन्थ्यो । पेल्ने गरिन्थ्यो ।
२ बिग्रेड कमाण्डरहरुको बहुमत पनि संस्थापन पक्ष अथवा हेडक्वाटर नजिकका बढी थिए । उनीहरु सबै एउटै विचार समुहका भएकाले पनि उनीहरु आफैले समर्थन गरेको विचार समुह नाङ्गीने देखेर पनि बोलेनन् ।
३ उनीहरुलाई त्यो रकमको केहि हिस्सा आफुहरु पनि पाइहाल्छौ भन्ने आस थियो । किन कि उनीहरु सबै एकै विचारमा लामबद्ध थिए ।
४ उनीहरु नेतृत्व प्रति अति नै विश्वस्त थिए । उनीहरुले सोचेका थिएकी नेतृत्व यति छिटो बिग्रेलान भन्ने लागेको नै थिएन । धेरै एकमनावादी थिए ।
जनमुक्ति सेनाको क्यान्टोन मेन्ट भित्र भएको भ्रष्टाचारको रकम जनुक्ति सेनाका डिभिजन कमाण्डर,डेपुटी कमाण्डर र हेडक्वाटर मिलेर खाएको हो । माओवादीका सबै नेताहरुलाई यो बारेमा थाह नै छैन । यो पैसा कहाँ गयो । कसरी गयो, भन्ने कुरा । एक दुई नेताहरुले बाहेक अन्यले थाह पाएनन् । एक दुई नेताले केहि रकम पाए पनि अन्य नेताहरु यस भ्रष्टाचारमा सम्मिलित छैनन् । चाहे ती एमाओवादीमा नै भए पनि ।

यती ठूलो भ्रष्टाचारका बारेमा किन अन्य दलहरु बोलेनन त ? यसमा अन्य दल नबोल्नुको कारण हो उनीहरुको नजरमा अहिले पनि माओवादी आन्दोलन सकिएको छैन । अहिले पनि जनयुद्धका कयौ आचरण,व्यवहार बाँकिनै छन् । जब सम्म नेपालमा माओवादी आन्दोलन सकियो भन्ने अन्य दलहरुलाई लाग्दैन तब सम्म उनीहरु बोल्नेवाला छैनन् । उनीहरुलाई सबै थाह छ तर पनि बोल्दैनन् । उनीहरु पनि नैतिक रुपमा ठिक छैनन् । त्यहि भएर पनि उनीहरु भ्रष्टाचार जस्तो गम्भीर बिषयमा कुरा उठाउदैनन् । यस्तै खालका अन्य भ्रष्टाचारको आहलमा अन्य दलका नेताहरुपनि परिसकका छन् । उनीहरु नैतिक रुपमा बलीया छैनन् । उनीहरुलाई पनि थाह छ अहिले यो मुद्धा उठायो भने सबै माओवादीहरु अझ एक हुन्छन् । उनीहरु अझै केहि बर्ष पर्खेर भएपनि माओवादी आन्दोलन सकियोस भन्ने पर्खाइमा छन् । जब उनीहरुलाई योआन्दोलन सकियो भन्ने लाग्ने छ त्यसपछि बिस्तारै खोज्ने छन् यो मुद्धालाई पनि । त्यति बेला व्यक्ति छानी छानी कार्वाहि गर्न थाल्ने छन् । जुन जुनले यस्तो गरेका छन् तीनका हरेक क्रियाकलाप हेरिरहेका छन् सबैले । जुन दिन यो माओवादी शक्ति सकियो भन्ने पक्का विश्वास हुने छ त्यो दिन माओवादी विरुद्ध मोर्चा खोल्ने छन् ।

          December 14, 2018 1:45 pm | समाचार


प्रतिकृयाहरू :

समाचारहरु:

भर्खरै प्रकाशित


Loading...