मलाई बक्स अफिसले फरक पार्छ : सारा अली खान
चलचित्र ‘केदारनाथ’बाट बलिउडमा प्रवेश गरेकी नायिका सारा अली खानले आफूलाई बक्स अफिस कलेक्शनले फरक पार्ने बताएकी छिन् । साराको डेब्यू चलचित्र ‘केदारनाथ’ अहिले हलमा चलिरहेको छ । यो चलचित्रले बक्स अफिसमा राम्रो कमाई पनि गरिरहेको छ ।
चलचित्रले बक्स अफिसमा राम्रो कलेक्शन गरिरहेको समयमा नायिकालेआफूलाई बक्स अफिसले धेरै नै प्रभाव पार्ने बताएकी छिन् । साराले आफूलाई बक्सअफिसको बारेमा धेरै थाहा नभएपनि यसले प्रभाव पार्ने बताइन् ।
साराले भनिन्-‘म कलेक्शनको बारेमाधेरै वुझ्न सक्दिना । तर, करिअरको सुरुवातीमा मलाई बक्स अफिसले फरक पार्छ । किनकी, पहिलो चलचित्र धेरैमानिसले आएर हेरुन् भन्ने लाग्नु स्वभाविक नै हो ।’
साराले कुनै चलचित्र दर्शकका लागि नै गर्ने भएकाले पनि धेरै भन्दा धेरै दर्शकले हेर्न आवश्यक रहेको सुनाइन् । सारालाई दर्शकले रुचाइसकेका छन् । उनकै कारण ठूलो संख्याका दर्शकले यो चलचित्र हेरेको पाइन्छ ।
December 14, 2018 2:34 pm | चलचित्र
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
रवि लामिछाने आज थुनामुक्त हुने
एमालेको मतगणना चल्दै : ओलीको दोब्बरभन्दा बढीको अग्रता, महासचिवमा कडा प्रतिस्पर्धा
राष्ट्रियसभा चुनावको मतदानस्थल तथा केन्द्र निर्धारण
कुवेतस्थित किरात राई यायोक्खाले आफ्नो चौथो अधिवेशन १३ फेब्रुअरी २०२६ मा खैतानस्थित राजधानी होटलको सभाहलमा आयोजना गर्ने निर्णय गरेको छ।
कुवेतमा गोरखा समाजको गठन आगामी ६ फेब्रुअरीमा प्रथम अधिवेशन हुदै ।
इन्डोनेशियामा बाढीका कारण ज्यान गुमाउनेको सङ्ख्या १ हजार नाघ्यो
कुवेतबाट राजु कार्की समानुपातिक सांसदका लागि सिफारिस :
दाङको फोहर व्यवस्थापन केन्द्रमा आगलागी