जब शाहिद कपूरकी श्रीमती मीरा र पूर्वप्रेमिका करीनाबीच जम्का भेट भयो
एजेन्सी । शाहिद कपूर र करीना कपूरबीच लामो प्रेम सम्बन्ध रहेको दुबैले स्वीकारेका थिए । तर, बिहे भने करीनाले सैफ अलि खानसँग गरिन् उता शाहिदले पनि मीरा राजपुतसँग बिहे गरे ।
अहिले पनि शाहिद र करीनाबीच हुने भेट समाचारका विषयहरु बन्ने गरेका छन् । यद्यपी दुबै जना बाबु आमा बनिसकेका छन् । यहीबीचमा मीरा र करीनाबीच जम्का भेट भएको छ । यही डिसेम्बर १२ मा भारतका धनाढ्य व्यापारी मुकेश अम्बानीकी छोरी इशा अम्बानी र आनन्द पीरामलको विहे समारोहमा मीरा र करीनाबीच भेट भएको हो ।
अम्बानी निवास एन्टीलियामा भएको विहेमा बलिउडका सुपरस्टार अमिताभ बच्चन, शाहरुख खान, सलमान खान, प्रियंका चोपडा, ऐश्वर्या राय, दीपिका पादुकोण, सोनम कपूर, आलिया भट्टलगायतले उपस्थिति जनाएका थिए ।
यसैबीच अभिनेत्री करीना कपूर खान पति सैफ अली खान र दिदी करीश्मा कपूरका साथ उपस्थित भएकी थिइन् भने अभिनेता शाहिद कपूर पत्नी मीरा राजपुतका साथ सहभागी भएका थिए । शाहिद पत्नी मीरा राजपुत र करीना कपूर खानको ईशा अम्बानीको विवाहमा अचानक जम्काभेट भयो । अभिनेत्री करीना कपूरले ब्रेकअपपछि शाहिद कपूरका साथ फिल्म ‘उडता पञ्जाब’ मा काम गरेसकेकी छिन् । तर शाहिदकी पत्नी मीरा र करीनाको भने त्यो पहिलो भेट थियो ।
मीरा र करीनाको यसरी भएको जम्का भेटमा दुवैले एकअर्कालाई देखेर मुस्कुराउँदै अँगालो हालेर एकअर्काको हालखबर सोधे र बिदा भए । उता शाहिद कपूर र सैफ अली खानले पनि एकअर्काका साथ हात मिलाउँदै अभिवादन गरे ।
मिडिया तथा सामाजिक सञ्जालमा मीरा र करीनाका विषयमा अनेक खबरहरु आए पनि यी दुवैले निकै सकारात्मक ढंगले एक अर्काको सामना गरेका छन् । अभिनेता शाहिद कपूर र सैफ अली खानले फिल्म ‘रंगुन’ मा एक साथ काम गरिसकेका छन् ।
December 15, 2018 11:02 am | चलचित्र
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
काठमाण्डाैका १० वटै निर्वाचन क्षेत्रमा आजै मतगणना थाल्ने तयारी
कुवेत र इराकमा रहेका नेपालीहरुले यथाशिघ्र पोर्टलमा विवरण अद्यावधिक गर्न दूतावासको अनुरोध
असहज परिस्थितिलाई निकास दिन फागुन २१ को चुनाव अपरिहार्य : प्रचण्ड
धादिङ बस दुर्घटनाबारे छानबिन गर्न ५ सदस्यीय कार्यदल गठन
चुनावकाे वातावरण बिग्रिँदै गएकाे भन्दै एमालेकाे चिन्ता
इरानसँग छिट्टै आणविक सम्झौता नभए खराब अवस्था आउन सक्ने अमेरिकी राष्ट्रपति ट्रम्पको चेतावनी
चुनाव प्रयाेजनका लागि अहिलेसम्म ६ सय ७१ उम्मेदवारले मात्रै बैंक खाता खाेले
निरेम प्रोडक्सन कुवेतको मानवतावादी पहल: दार्चुलाको दुर्गा स्थान माविलाई १ लाख सहयोग