जब शाहिद कपूरकी श्रीमती मीरा र पूर्वप्रेमिका करीनाबीच जम्का भेट भयो
एजेन्सी । शाहिद कपूर र करीना कपूरबीच लामो प्रेम सम्बन्ध रहेको दुबैले स्वीकारेका थिए । तर, बिहे भने करीनाले सैफ अलि खानसँग गरिन् उता शाहिदले पनि मीरा राजपुतसँग बिहे गरे ।
अहिले पनि शाहिद र करीनाबीच हुने भेट समाचारका विषयहरु बन्ने गरेका छन् । यद्यपी दुबै जना बाबु आमा बनिसकेका छन् । यहीबीचमा मीरा र करीनाबीच जम्का भेट भएको छ । यही डिसेम्बर १२ मा भारतका धनाढ्य व्यापारी मुकेश अम्बानीकी छोरी इशा अम्बानी र आनन्द पीरामलको विहे समारोहमा मीरा र करीनाबीच भेट भएको हो ।
अम्बानी निवास एन्टीलियामा भएको विहेमा बलिउडका सुपरस्टार अमिताभ बच्चन, शाहरुख खान, सलमान खान, प्रियंका चोपडा, ऐश्वर्या राय, दीपिका पादुकोण, सोनम कपूर, आलिया भट्टलगायतले उपस्थिति जनाएका थिए ।
यसैबीच अभिनेत्री करीना कपूर खान पति सैफ अली खान र दिदी करीश्मा कपूरका साथ उपस्थित भएकी थिइन् भने अभिनेता शाहिद कपूर पत्नी मीरा राजपुतका साथ सहभागी भएका थिए । शाहिद पत्नी मीरा राजपुत र करीना कपूर खानको ईशा अम्बानीको विवाहमा अचानक जम्काभेट भयो । अभिनेत्री करीना कपूरले ब्रेकअपपछि शाहिद कपूरका साथ फिल्म ‘उडता पञ्जाब’ मा काम गरेसकेकी छिन् । तर शाहिदकी पत्नी मीरा र करीनाको भने त्यो पहिलो भेट थियो ।
मीरा र करीनाको यसरी भएको जम्का भेटमा दुवैले एकअर्कालाई देखेर मुस्कुराउँदै अँगालो हालेर एकअर्काको हालखबर सोधे र बिदा भए । उता शाहिद कपूर र सैफ अली खानले पनि एकअर्काका साथ हात मिलाउँदै अभिवादन गरे ।
मिडिया तथा सामाजिक सञ्जालमा मीरा र करीनाका विषयमा अनेक खबरहरु आए पनि यी दुवैले निकै सकारात्मक ढंगले एक अर्काको सामना गरेका छन् । अभिनेता शाहिद कपूर र सैफ अली खानले फिल्म ‘रंगुन’ मा एक साथ काम गरिसकेका छन् ।
December 15, 2018 11:02 am | चलचित्र
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
रवि लामिछाने आज थुनामुक्त हुने
एमालेको मतगणना चल्दै : ओलीको दोब्बरभन्दा बढीको अग्रता, महासचिवमा कडा प्रतिस्पर्धा
राष्ट्रियसभा चुनावको मतदानस्थल तथा केन्द्र निर्धारण
कुवेतस्थित किरात राई यायोक्खाले आफ्नो चौथो अधिवेशन १३ फेब्रुअरी २०२६ मा खैतानस्थित राजधानी होटलको सभाहलमा आयोजना गर्ने निर्णय गरेको छ।
कुवेतमा गोरखा समाजको गठन आगामी ६ फेब्रुअरीमा प्रथम अधिवेशन हुदै ।
इन्डोनेशियामा बाढीका कारण ज्यान गुमाउनेको सङ्ख्या १ हजार नाघ्यो
कुवेतबाट राजु कार्की समानुपातिक सांसदका लागि सिफारिस :
दाङको फोहर व्यवस्थापन केन्द्रमा आगलागी