सुस्त मनस्थिति भएकी बालिका बलात्कृत, पटक पटक बलात्कृत भएको खुलासा
बझाङ,असार । बझाङकाे विकट गाउँमा १३ वर्षीया सुस्त मनस्थिति भएकी एक बालिका बलात्कृत भएकी छिन् । ती दलित बालिकालाई स्थानीय ४० वर्षीय फिट्टु कुँवरले मदिरा सेवन गरी बलात्कार गरेका हुन् ।गाउँका सबै मान्छे खेतमा काम गर्न गएको बेला घटना कुँवरले ती बालिकालाई आफ्नै गोठमा लगेर बलात्कार गरेका थिए । घटनापछि बालिका चिच्याउँदै बाहिर निस्किएपछि आफन्तले थाह पाएका थिए । घटना असार ३ गतेको भएपनि घटनास्थल दुर्गम ठाउँमा भएका कारण अहिले मात्रै पीडितहरु प्रहरीको सम्पर्कमा आए पछि घटना सार्वजनिक भएको हो ।
आरोपी कुँवर अहिले फरार रहेका छन् । सुस्त मनस्थिति भएकी १३ वर्षकी पीडित बालिका स्पष्ट रुपमा बोल्न नसक्ने अवस्थामा रहेकी छन् । उनको जिल्ला अस्पताल बझाङमा स्वास्थ्य परीक्षण गरिएको र मंगलबार मुद्धा दर्ता गरिने जिल्ला प्रहरी कार्यालय बझाङका डीएसपी ऋषिराम कँडेलले जानकारी दिए । आरोपितको खोजी कार्य भइरहेके प्रहरीले जनाएको छ ।यता ती बालिका यो नै पहिलो पटक बलात्कार नभएको खुलासा भएको छ । बालिकाको स्वास्थ्य परीक्षणबाट उनको पटक पटक बलात्कार भएकाले
योनीमा विभिन्न खालका संक्रमणहरु देखिएको र योनिको आकार अस्वभाविक रुपमा बढेको देखिएको स्वास्थ्यकर्मीको बताएका छन् ।
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
कुवेतमा नेपाल पत्रकार महासंघको ७१औं स्थापना दिवस सम्पन्न; ‘एआई र पत्रकारिता’ विषयमा विशेष अभिमुखीकरण
अर्थ मन्त्रालयद्वारा बजेट मार्गदर्शन तयार
राजनीतिक विषयमा प्रवेश गर्दैनौँ तर अशान्ति फैल्याउने गतिविधि रोक्छौँ : काठमाण्डाैका सीडीओ
एमाले अध्यक्ष ओली त्रिवि शिक्षण अस्पताल भर्ना
जजीरा एयरवेजले काठमाडौँ रुट सुरु गर्यो, कुवेत र दक्षिण एसिया बीचको सम्पर्क सञ्जाललाई थप सुदृढ बनायो ।
सांसदहरूको शपथका लागि बहुउद्देश्यीय हल तयार
चैत १५ भित्र सबै मन्त्रालयले योजना तथा कार्यक्रम पठाइसक्नुपर्ने
कुवेतमा दूतावासको मातहत ‘र्यापिड रेस्पोन्स टास्कफोर्स’ गठन: