Thursday 19th March 2026

मोटरसाइकल सिक्दै गर्दा रुखमा ठोक्किएर दुर्घटना हुदा ज्यान

7 years अगाडी

दोलखा – दोलखाको बैतेश्वर गाउँपालिकामा मोटरसाइकल दुर्घटना हुँदा शुक्रबार साँझ एक युवकको मृत्यु भएको छ । दुर्घटनामा परी बैतेश्वर गाउँपालिका–४ ओखरबोटेका १९ वर्षीय जयबहादुर खत्रीको मृत्यु भएको हो । च्यानेबाट जिरीतर्फ जाँदै गरेको बा२४प ८१२८ नंको मोटरसाइकल गोलाइ मोड्ने क्रममा दुर्घटना भएको दोलखाका प्रहरी प्रवक्ता प्रहरी निरीक्षक माधवप्रसाद काफ्लेले जानकारी दिनुभयो ।

उहाँका अनुसार मोटरसाइकल सिक्दै गरेका खत्रीले खरिखोलाको गोलाई मोड्न नसक्दा मोटरसाइकल रुखमा ठोक्किएर सडकबाट करीब ३२ फिट तल पुगेको थियो । मृतक खत्रीको शव परीक्षणका लागि जिरी अस्पतालमा राखिएको छ ।

          December 15, 2018 2:17 pm | समाचार


प्रतिकृयाहरू :

समाचारहरु:

भर्खरै प्रकाशित


Loading...