Thursday 19th March 2026

भारतीय अदालतमा चितुवा

7 years अगाडी

अहमेदावाद,भारत — भारतको एक अदालतमा एक्कासी चितुवा आहाराको खोजीमा भवनभित्र हिँडिरहेको देखिएपछि शुक्रबार अदालत परिसरमा केही समय त्रासको वातावरण फैलिएको अधिकारीहरूले बताएका छन् । ‘चितुवालाई देखेपछि अदालतका कर्मचारीहरू कार्यबक्षबाट भागी र कोठामा पुगेको चितुवालाई बाहिरबाट थुनेर हामीहरूलाई खबर भयो’, गुजुरातका वन अधिकारी जी ए जालाले घटनाबारे एएफपीलाई बताए

कोटिला सहरको अदालतमा चितुवा प्रवेश गरेको खबरपछि अदालतका कर्मचारी तथा वरपरका मानिसहरू त्रसित एवम् उत्साहित हुँदै चितुवा रहेको भवनलाई घेरेर हेरिरहेकाले चितुवा कोठामा लुकेर बसेको अवस्थामा करिब साढे तीन घण्टापछि दराजमुनि लुकेर बसेको भेटियो ।करिब दुईदेखि तीन वर्षको अनुमान गरिएको चितुवालाई विस्तारै वातावरणलाई शान्त पार्दै कोठाबाट बाहिर निकालियो र जंगलतिर पठाइयो ।

भारतीय वातावरण मन्त्रालयले यसै वर्षको अगष्ट महिनामा सार्वजनिक एक प्रतिवेदनमा भरतमा सन् २०१४ को अप्रिलदेखि सन् २०१७ को मे महिनासम्म जंगली जनावरले एक हजार १ सय १४ व्यक्तिलाई आक्रमण गरी मारेको वा खाएको जनाएको छ । यो संख्या हेर्दा जंगली जनावरले भारतमा दैनिक एक जनालाई मार्ने गरेको देखिन्छ ।

भारतमा १२ हजार देखि १४ हजार चितुवा रहेको तथ्यांक छ । मानव वस्तीले जंगली क्षेत्रमा अतिक्रमण भएपछि उनीहरू वस्तीमा आहाराको खोजीमा पुग्ने गरेको र त्रसित गाउँलेले औसतमा एक चितुवा मार्ने गरेको तथ्यांक छ ।विज्ञहरूका अनुसार यस्ता खालका घटना पछिल्ला दिनहरूमा बढेका र यसको कारण शहरीकरणका कारण जङ्गली जनावरको बासस्थान खुम्चिुनु रहेको छ ।
          December 15, 2018 2:25 pm | समाचार


प्रतिकृयाहरू :

समाचारहरु:

भर्खरै प्रकाशित


Loading...