मन्दिरमा घन्टी किन राखिन्छ ? यस्तो छ धार्मिक र वैज्ञानिक कारण
काठमाडौं – हरेक धर्ममा आ–आफ्नै संस्कार र रीतिरिवाज हुन्छन् । हिन्दू धर्ममा झनै धेरै परम्परागत मान्यताहरू छन् । अधिकांश हिन्दू मन्दिरमा घन्टी राखिएको हुन्छ । यो शताब्दियौँदेखि चलिआएको धार्मिक संस्कार त हो नै, यसबाहेक वैज्ञानिक कारण पनि छ । जुन धेरैलाई थाहा नहुन सक्छ । यहाँ हामीले दुवै कारणलाई प्रस्ट्याउने प्रयास गरेका छौंँ ।
धार्मिक कारण : मन्दिरबाहिर, प्रवेशद्धार, भित्र वा वरिपरि जताततै घन्टी राखिएको हुन्छ । मन्दिर गएपछि घन्टी बजाउनुपर्छ भन्ने मान्यता छ । तसर्थ, जानीनजानी पनि मन्दिर प्रवेश गर्नुअघि दर्शनार्थीले घन्टी बजाउँछन् । घन्टी बजाउँदा पाप भाग्ने र शक्ति प्राप्त हुने आगमशास्त्रमा उल्लेख छ । घन्टीको आवाज देवीदेवतालाई सुमधुर लाग्छ भन्ने अर्को मान्यता पनि प्रचलित छ ।
वैज्ञानिक कारण : मन्दिर प्रवेश गरेसँगै घन्टी बजाउँदा मनलाई सफा र जागरुक बनाउँछ । साथै, ध्यानलाई पूर्ण रूपमा केन्द्रित गर्दै भक्तितिर आकर्षित गर्दछ । प्रायः घन्टी लामो र तिखो आवाज आउने गरी बनाइएका हुन्छन् । जसको प्रतिध्वनि कम्तीमा सात सेकेन्डसम्म सुनिन्छ । प्रतिध्वनिको समयावधिले हाम्रो शरीरका सातैवटा रोगनिवारक केन्द्रलाई सक्रिय बनाउँछ । जसले मस्तिष्कमा रहेका सबैखाले नकारात्मक विचार हटाउन मद्दत गर्छ भन्ने वैज्ञानिक मान्यता छ ।
December 15, 2018 3:28 pm | टिप्स/जानकारी
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
बङ्गलादेशमा विद्यार्थी नेताको अन्त्येष्टि समारोहमा हजारौंको सङ्ख्यामा समर्थक सहभागी
रवि लामिछाने आज थुनामुक्त हुने
एमालेको मतगणना चल्दै : ओलीको दोब्बरभन्दा बढीको अग्रता, महासचिवमा कडा प्रतिस्पर्धा
राष्ट्रियसभा चुनावको मतदानस्थल तथा केन्द्र निर्धारण
कुवेतस्थित किरात राई यायोक्खाले आफ्नो चौथो अधिवेशन १३ फेब्रुअरी २०२६ मा खैतानस्थित राजधानी होटलको सभाहलमा आयोजना गर्ने निर्णय गरेको छ।
कुवेतमा गोरखा समाजको गठन आगामी ६ फेब्रुअरीमा प्रथम अधिवेशन हुदै ।
इन्डोनेशियामा बाढीका कारण ज्यान गुमाउनेको सङ्ख्या १ हजार नाघ्यो
कुवेतबाट राजु कार्की समानुपातिक सांसदका लागि सिफारिस :