फेरि विराट र अनुष्का चर्चाको शिखरमा !
एजेन्सी। अनुष्का शर्मा र विराट कोहली कुन न कुनै कारणले चर्चामा रहिरन्छन्। यतिबेला उनीहरु एक भिडियो कारण चर्चामा छन्। उक्त भिडियोमा अनुष्काले मुम्बई निवासी एक जनालाई सडकमा फोहोर फालेको भन्दै गाली गरिरहेकी छन्।यो भिडियो समाजिक संजालमा पोस्ट भएको एक घण्टामा नै भाइरल भयो। तर यसकालागि अनुष्का र विराटलाई निकै ट्रोल गरिएको छ। यद्यपी दुवै जना सामाजिक संजालमा बहसका विषय बनेको यो पहिलो पटक भने होइन। यसअघि पनि विराटले अनुष्काको पक्षमा आफ्नो भनाइ राख्दै आएका थिए।
के तपाइँ उक्त घटनाका बारेमा जानकार हुनुहुन्छ? जब विराटले सामाजिक संजालमा खुलेर आफ्नो प्रेम प्रस्तुत गरेका थिए। उनको प्रेमको प्रस्तुत ‘आइ लभ यू’ वा ‘म तिम्रो लागि आफ्नो ज्यानसमेत दिनसक्छु’ भन्दा धेरै माथि थियो। यो यसकारण किनभने जब क्रिकेटको मैदानमा विराटले राम्रो प्रदर्शन गर्न नसकेको भन्दै अनुष्कालाई ट्रोल गरिँदै थियो, तब विराटले अनुष्काको साथ दिएका थिए। यो घटना २०१६ को हो। त्यो बेला टी–२० खेलमा विराटले राम्रो प्रदर्शन गर्न सकेका थिएनन्। र अनुष्का शर्मालाइ त्यसको दोष समाजिक संजालमा दिइएको थियो। तर विराटले यस्तो ट्विट गरे त्यसपछि सबैको बोली बन्द भयो।
June 20, 2018 10:45 am | चलचित्र
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
१६५ क्षेत्रकै मतपरिणाम सार्वजनिक, कसले कति सिट ल्याए ?
सामाजिक सुरक्षा टावरमा आगलागी भएपछि अधिकांश कुवेती बैंकहरूले मुख्यालय बन्द गरे..
काठमाण्डाैका १० वटै निर्वाचन क्षेत्रमा आजै मतगणना थाल्ने तयारी
कुवेत र इराकमा रहेका नेपालीहरुले यथाशिघ्र पोर्टलमा विवरण अद्यावधिक गर्न दूतावासको अनुरोध
असहज परिस्थितिलाई निकास दिन फागुन २१ को चुनाव अपरिहार्य : प्रचण्ड
धादिङ बस दुर्घटनाबारे छानबिन गर्न ५ सदस्यीय कार्यदल गठन
चुनावकाे वातावरण बिग्रिँदै गएकाे भन्दै एमालेकाे चिन्ता
इरानसँग छिट्टै आणविक सम्झौता नभए खराब अवस्था आउन सक्ने अमेरिकी राष्ट्रपति ट्रम्पको चेतावनी