Thursday 19th March 2026

चर्चित ३३ किलो सुन काण्ड: इटहरीका दुई दाजुभाईसँग यसरी भेटियो सुन

7 years अगाडी

काठमाडौँ,  मंसिर । लामो समयदेखि नेपाल प्रहरीको टाउको दुखाई बनेको तस्करीको ३३ किलो सुन भेटिएको छ । त्रिभुवन बिमानस्थलबाट तस्करी भई नेपाल भित्रिएको ३३ किलो सुन भारतीय राजश्व अनुसन्धान विभागको टोलीले कलकत्ता-दिल्ली राजमार्गबाट गएको शुक्रबार (डिसेम्बर ७) मा फेला पारेको हो । तर, एक साता पछि मात्रै यसको रहस्य खुलेको छ ।

३३ किलो सुन तस्करी प्रकरणमा छानविन गर्न गठित समितिका संयोजक सहसचिव इश्वर पौडेलले सुन भेटिएको पुष्टि गरे । सुनसँगै सुनसरीकै व्यक्ति पक्राउ परेको खबर आएकाले नेपालमै खोजिएको सुन हो कि होइन भन्ने विषयमा भेरिफाइ भैरहेको उनले बताए ।

नेपाल आई महिनौंदेखि हराइरहेको यो सुन खोज्ने क्रममा कतिपयको ज्यान जानुको साथै कतिपयको जागिर समेत गएको छ । इटहरीका राकेशप्रसाद र हेमकुमार शर्माले स्थिति शान्त भएको मौका छोपेर मारुती स्विफ्ट कारमा ओसार्दै गरेको अवस्थामा कलकत्ता दिल्ली राजमार्गबाट भारतीय राजस्व अनुसन्धान बिभागले कब्जामा लिएको हो । उनीहरु दुबै जनालाई भारतीय सुरक्षाकर्मीको हिरासतमा छन् ।

तेत्तीस किलो सुनको मुल्य भारु १० करोड ४२ लाख रुपैँया पर्ने बताइएको छ । बरामद गरिएको सुन र अभियुक्त हस्तान्तरणको विषयमा के हुने भन्ने प्रष्ट भइसकेको छैन् । तर, यस चर्चित काण्डको नेपालमा अनुुसन्धान भइरहेका कारण भारतीय राजस्व अनुसन्धान बिभागले कब्जा गरिएको सुन र अभियुक्तहरुलाई नेपाल सरकारलाई बुझाउने अनुमान

          December 16, 2018 10:02 am | समाचार


प्रतिकृयाहरू :

समाचारहरु:

भर्खरै प्रकाशित


Loading...