यी हुन् बलिउडका सबैभन्दा महंगा ५ गायिका, सुन्दरतामा पनि हिरोइनलाई टक्कर दिन्छन् !
मुम्बइ , बलिउडमा कैयौं नयाँ नयाँ गायन प्रतिभाहरु भित्रिएका छन् । केही बलिउडमा स्थापित भएका छन् भने केही टिक्न नसकेका पनि छन् । आजको समयमा गायक गायिकाहरु आफ्नो स्वरका साथै आफ्नो लुकलाई पनि ध्यान दिन्छन् । आउनुहोस् बलिउडका ५ गायिकाको बारेमा जानौं जो सुन्दर हुनुका साथै बलिउडमा सबैभन्दा महंगा गायिका पनि हुन् ।१. श्रेया घोषालः श्रेया घोषाल पछिल्लो समय बलिउडमा सबैभन्दा चर्चित गायिकामा पर्छिन् । श्रेयाले निकै कम उमेरमै गाउन सुरु गरेकी थिइन् । श्रेयाले अहिले एउटा गीत गाएवापत करिब २० लाख रुपैयाँ पारिश्रमिक लिन्छिन् ।
२. सुनिधि चौहानः सुनिधिले ४ वर्षको उमेरदेखि नै गाउन सुरु गरेकी थिइन् । १८ वर्षको उमेरमा सुनिधिले पहिलो विवाह गरिन् जो सफल हुन सकेन । त्यसपछि २०१२ मा उनले दोस्रो विवाह गरिन् । सुनिधि एउटा गीतको लागि १२ देखि १५ लाख पारिश्रमिक लिछिन् ।
३. नेहा कक्कडः नेहाले आफ्नो करिअरको सुरुवात टिभी रियालिटी शो इण्डियन आइडलबाट गरेकी थिइन् । आज नेहा बलिउडकी सबैभन्दा हिट र ग्ल्यामरस गायिका हुन् । अहिले उनी इण्डियन आइडलका जजको रुपमा देखिन थालेकी छिन् । नेहा एउटा गीतको लागि १० देखि १२ लाख रुपैयाँ पारिश्रमिक लिन्छिन् ।
४. अलिशा चिनोयः अलिशा चिनोय पनि आफ्नो सुन्दरता र मिठो आवाजका कारण प्रसिद्ध छिन् । अलिशा बलिउडकी पुरानी गायिका हुन् । उनको नाम पनि बलिउडका महंगा गायिकामा पर्छ । अलिशा एउटा गीत गाएवापत ७ देखि ८ लाख रुपैयाँ पारिश्रमिक लिन्छिन् ।
५. मोनाली ठाकुरः मोनाली ठाकुर उच्चच स्तरकी गायिका हुनुको साथै उच्चस्तरीय अभिनेत्री पनि हुन् । मोनालीले आफ्नो करिअरको सुरुवात गायन रियालिटी शो इण्डियन आइडलबाट गरेकी थिइन् । उनी एउटा गीतको लागि ४ देखि ५ लाख रुपैयाँ पारिश्रमिक लिन्छिन् ।
December 16, 2018 10:22 am | चलचित्र
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
रवि लामिछाने आज थुनामुक्त हुने
एमालेको मतगणना चल्दै : ओलीको दोब्बरभन्दा बढीको अग्रता, महासचिवमा कडा प्रतिस्पर्धा
राष्ट्रियसभा चुनावको मतदानस्थल तथा केन्द्र निर्धारण
कुवेतस्थित किरात राई यायोक्खाले आफ्नो चौथो अधिवेशन १३ फेब्रुअरी २०२६ मा खैतानस्थित राजधानी होटलको सभाहलमा आयोजना गर्ने निर्णय गरेको छ।
कुवेतमा गोरखा समाजको गठन आगामी ६ फेब्रुअरीमा प्रथम अधिवेशन हुदै ।
इन्डोनेशियामा बाढीका कारण ज्यान गुमाउनेको सङ्ख्या १ हजार नाघ्यो
कुवेतबाट राजु कार्की समानुपातिक सांसदका लागि सिफारिस :
दाङको फोहर व्यवस्थापन केन्द्रमा आगलागी