हलमा मिश्रित प्रतिकृया पाएको ‘लिलिबिली’ युट्युबको ट्रेन्डिङ नम्बर ३ मा
काठमाडौँ । हलमा मिश्रित प्रतिकृया प्राप्त गरेको ‘लिलिबिली’ हाल आएर युट्युबमा हिट भइरहेको छ । सिनेमा हलमा प्रदर्शन भएको ८ महिना पछी चलचित्र ‘लिलिबिली’ बुढासुब्वा डिजिटलको आधिकारिक युट्युब च्यानलमार्फत बिहिबार सार्वजनिक भएको थियो ।युट्युबमा सार्वजनिक भएको ३ दिनमा प्रदिप खड्का अभिनित ‘लिलिबिली’ ले युट्युबमा २३ लाख भन्दा बढी भ्युज प्राप्त गरेको छ ।
‘लिलिबिली’ अहिले सम्म २३ लाख भन्दा धेरै पटक हेरिएको छ । चलचित्र अहिले युट्युब ट्रेन्डिङ नम्बर ३ मा रहेको छ ।‘लभ स्टोरी’ जनरामा बनेको चलचित्रलाई मिलन चाम्सले निर्देशन गरेका हुन् । चलचित्रमा प्रदिपको अपोजिटमा जसिता गुरुङ रहेकी छिन् । जसिता र प्रदिपको जोडीलाई हलमा जस्तै युट्युबमा हेर्ने दर्शकहरुले पनि निकै रुचाएका छन् ।
चलचित्रमा प्रदिप र जसिताको अलावा अनुप बिक्रम शाही, सविना श्रेष्ठ, मनिष श्रेष्ठ, धुर्ब दत्त र रितेस चाम्सको पनि अभिनय रहेको छ ।गत बर्षको चैत्र ३० गतेबाट प्रदर्शन भएको चलचित्रलाई गोबिन्द शाही र सुदिप खड्काले संयुक्त रुपमा निर्माण गरेका हुन् । चलचित्रमा चन्द्र पन्तको द्वन्द रहेको छ भने एलिस कार्कीको संगीत रहेको छ । चलचित्रलाई सुदिप बरालले खिचेका हुन् ।
December 16, 2018 12:04 pm | चलचित्र
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
काठमाण्डाैका १० वटै निर्वाचन क्षेत्रमा आजै मतगणना थाल्ने तयारी
कुवेत र इराकमा रहेका नेपालीहरुले यथाशिघ्र पोर्टलमा विवरण अद्यावधिक गर्न दूतावासको अनुरोध
असहज परिस्थितिलाई निकास दिन फागुन २१ को चुनाव अपरिहार्य : प्रचण्ड
धादिङ बस दुर्घटनाबारे छानबिन गर्न ५ सदस्यीय कार्यदल गठन
चुनावकाे वातावरण बिग्रिँदै गएकाे भन्दै एमालेकाे चिन्ता
इरानसँग छिट्टै आणविक सम्झौता नभए खराब अवस्था आउन सक्ने अमेरिकी राष्ट्रपति ट्रम्पको चेतावनी
चुनाव प्रयाेजनका लागि अहिलेसम्म ६ सय ७१ उम्मेदवारले मात्रै बैंक खाता खाेले
निरेम प्रोडक्सन कुवेतको मानवतावादी पहल: दार्चुलाको दुर्गा स्थान माविलाई १ लाख सहयोग