झापामा आजदेखि बिहान र दिउँसो टिपर चलाउन नपाइने
7 years अगाडी
Susma Dhakal
झापा – आजदेखि झापामा बिहान र बेलुका टिपर सञ्चालनमा प्रतिबन्ध लगाइएको छ । सवारी दुर्घटनाको दरलाई न्यूनीकरण र सवारी आवागमनलाई व्यवस्थित गर्न सवारीको चाप बढी हुने समयमा आजदेखि टिपर सञ्चालनमा रोक लगाइएको झापाका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले राससलाई जानकारी दिनुभयो ।
उहाँका अनुसार बिहान ९ देखि ११ र दिउँसो ३ देखि ५ बजेसम्म जिल्लाका मुख्य राजमार्ग, सहायक मार्ग, बजार विद्यालय र स्वास्थ्य संस्था रहेका क्षेत्रमा टिपर सञ्चालन गर्न रोक लगाइएको हो ।
सर्वपक्षीय बैठकपछि निर्णय गरिएको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी प्रमुख भीमप्रसाद ढकालले जानकारी दिनुभयो । निर्णय कार्यान्वयनका लागि सम्बन्धित पक्षलाई आग्रह गरिएको छ ।
December 16, 2018 12:45 pm | समाचार
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
कुवेतमा दूतावासको मातहत ‘र्यापिड रेस्पोन्स टास्कफोर्स’ गठन:
खाेटाङमा शव लिएर गएको हेलिकप्टर दुर्घटना
रास्वपाका सांसदहरूको अभिमुखीकरण आज सकिँदै
रास्वपाले आफ्ना सांसदहरुका लागि अभिमुखीकरण कार्यक्रम गर्दै
नवयुवा आन्दोलनको मुख्य कारण धनी–गरिबबीचको आम्दानीको अन्तर : अर्थ मन्त्रालय
एमालेले समानुपातिकतर्फका १६ जना उम्मेदवारको नाम टुङ्ग्यायो
मध्यपूर्वको द्वन्द्व बढ्दै गए नेपाली चुलोचौकामा नकारात्मक प्रभाव पर्न सक्ने’
बिहे भोजमा गएका दुई बालिकाको शव फेला, सँगै गएकी किशोरी बेपत्ता
Loading...