अनुष्काले एकाएक किन गरिन् सलमान खानसँग फिल्ममा काम नगर्ने निर्णय?
केही दिन यता निर्देशक सञ्जय लीला भन्सालीको फिल्ममा अनुष्का शर्मा अभिनेता सलमान खानको जोडीको रुपमा काम गर्ने खबरहरु अाइरहेका थिए । तर अनुष्का शर्माले भने त्यस खबरको खण्डन गर्दै फिल्ममा सलमान खानसँग काम नगर्ने बताएकी छिन् । अनुष्का शर्माले सञ्जय लीला भन्सालीसँग भविष्यमा काम गर्न इच्छुक भए पनि अहिले भने काम नगर्ने बताएकी हुन् ।
अभिनेता सलमान खानले निर्देशक सञ्जय लीला भन्सालीसँग सन् १९९९ मा फिल्म ‘हम दिल दे चुके हे सनम’ मा काम गरेका थिए । वषौंपछि सञ्जय लीला भन्साली उनको अब बन्ने फिल्मका लागि सलमान खान र शाहरुख खानलाई एकसाथ ल्याउन खोजिरहेका छन् ।
यो फिल्मका लागि यसअघि अभिनेत्री दीपिका पादुकोणलाई प्रस्ताव राखिएको थियो तर सलमान खानले दीपिकासँग फिल्म गर्न नमानेपछि अनुष्का शर्मालाई प्रस्ताव राखिएकाे थियाे । अहिले आएर अनुष्का शर्माले सलमान खानसँग यो फिल्ममा काम गर्न नमानेपछि नयाँ अभिनेत्री को हुने भन्ने कुराकाे टुंगो लागेको छैन ।
December 16, 2018 1:18 pm | चलचित्र
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
रवि लामिछाने आज थुनामुक्त हुने
एमालेको मतगणना चल्दै : ओलीको दोब्बरभन्दा बढीको अग्रता, महासचिवमा कडा प्रतिस्पर्धा
राष्ट्रियसभा चुनावको मतदानस्थल तथा केन्द्र निर्धारण
कुवेतस्थित किरात राई यायोक्खाले आफ्नो चौथो अधिवेशन १३ फेब्रुअरी २०२६ मा खैतानस्थित राजधानी होटलको सभाहलमा आयोजना गर्ने निर्णय गरेको छ।
कुवेतमा गोरखा समाजको गठन आगामी ६ फेब्रुअरीमा प्रथम अधिवेशन हुदै ।
इन्डोनेशियामा बाढीका कारण ज्यान गुमाउनेको सङ्ख्या १ हजार नाघ्यो
कुवेतबाट राजु कार्की समानुपातिक सांसदका लागि सिफारिस :
दाङको फोहर व्यवस्थापन केन्द्रमा आगलागी